काठमाडौं महानगरका १५ सय ५० कर्मचारीको एक तह बढुवा



काठमाडौं । काठमाडौँ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाडौँ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो ।

समायोजनामा पर्ने अधिकृतस्तरदेखि माथिका सबै कर्मचारीलाई मङ्गलबार एक तहमाथिको पदमा समायोजन गरिएको प्रमाणपत्र प्रदान गरिएको छ भने अन्य बाँकी कर्मचारीलाई बिहीबार दिने तयारी कामपाको छ ।

समायोजन ऐनअनुसार यसरी समायोजन गर्दा जुन–जुन पदमा कार्यरत कर्मचारी हो सोही पदबाट एक पदमाथिको स्तरमा समायोजन गरिएको हो । समायोजनमा परेका कर्मचारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले समायोजन ऐनमार्फत कर्मचारीे पदोन्नतिको लाभ सेवाग्राहीले महसुस गर्नुपर्ने उल्लेख गर्दै चुस्त, दुरुस्त र इमान्दार सेवा अहिलेको आवश्यकता रहेको बताए ।

“समायोजन ऐनबाट लाभ नपाएका कर्मचारी पनि हुनुहुन्छ । स्थायी कर्मचारी जागिर केही हुँदैन भन्ने मानसिकतामा रहेको र करार सेवामा भएका कर्मचारी म्याद नथपिएला कि भन्ने डरले काममा घोटिएको पनि देखेको छु । उहाँहरूको भावनामा चोट नपुगोस् भनेर हामीले आउँदा दिनमा थप सचेत बन्नुपर्ने छ”, प्रमुख शाक्यले भने ।

आगामी दिनमा कर्मचारीको काँधमा थप जिम्मेवारी थपिएको भन्दै कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गीले कर्मचारीको भावना सम्बोधन भएसँगै नगरसभाबाट अघि सारेका कार्यक्रम कार्यान्वयनमा लक्ष्य प्राप्त हुने अपेक्षा गरेको बताइन् । यसरी कर्मचारी समायोजन गर्दा कामपालाई मासिक ३० लाख ५० हजार आर्थिक दायित्व थपिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविका समर्थकद्वारा काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण भएको छ

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ पक्राउ परेकी छन् । जिल्ला

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

काठमाडौँ । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा

अध्यादेशका विषयवस्तु प्रधानमन्त्रीले सार्वजनिक गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका