मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरको ढुंगाले किचेर मृत्यु



ताप्लेजुङ । ताप्लेजुङस्थित तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङ मार्गमा काम गरिरहेका दुई मजदुरको माथिबाट झरेको ढुङ्गाले किचेर ज्यान गएको छ ।

ज्यान गुमाउनेमा उदयपुर घर भएका २२ वर्षीय अमर विश्वकर्मा र भोजपुर घर भएका २८ वर्षीय सन्तोष बानियाँ रहेका छन् । सुरुङभित्र काम गर्दै गरेको अवस्थामा शनिबार दिउँसो करिब २ बजे माथिबाट झरेको ढुङ्गाले लागेर उनीहरुको घटनास्थलमा नै ज्यान गएको आयोजनाका करण गौतमले जानकरी दिए ।

थुम्बाबाट मित्लुङ निस्कने आउटलेट सुरुङभित्र उनीहरू काम गर्दै थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

  सल्लेरी (सोलुुखुम्बु) ।  सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार नौ

कालीकोटमा आगलागीबाट चार वर्षमा १३ जनाको मृत्यु

  मान्म (कालीकोट) । कालीकोटमा चार वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ

भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

  टक्सार (भोजपुर) ।  भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

मटिहानीका आगलागी पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई