थाहा नगरपालिकामा ८० प्रतिशत निजी आवास पुनःनिर्माण



हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा गोरखा भूकम्पयता पाँच वर्षको अवधिमा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । पुनःनिर्माण प्राधिकरणका इञ्जिनीयर परवेज खानका अनुसार नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये पाँच हजार १०९ परिवारले तेस्रो किस्तााबापतको अनुदान रकम बुझिसकेका छन् ।

नगरपालिकामा भूकम्पबाट सात हजार ९८ परिवारको निजी आवास पूर्ण क्षतिको सूचीमा परेकामा उनीहरुमध्ये छ हजार ५७१ ले पुनःनिर्माणका लागि सम्झौता गरेका थिए । बाह्र वटा वडा रहेको नगरपालिकामा वडा नं ८ मा सबैभन्दा बढी निजी आवास पुनःनिर्माण भएको नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए ।

सो वडामा ९२ प्रतिशत निजी आवास पुनःनिर्माण सकिएको छ । त्यसैगरी सबैभन्दा कम मात्रामा निजी आवास पुनःनिर्माणको काम वडा नं ४ मा भएको देखिएको छ । सो वडामा ५७ प्रतिशत मात्र निजी आवासको पुनःनिर्माण कार्य सम्पन्न भएको छ ।

थाहा नगरपालिकामा पूर्ण क्षतिको लाभग्राही सूचीमा परेकामध्ये हालसम्म ५२७ भूकम्पपीडितले अनुदान सम्झौता नै गरेका छैनन् । उनीहरुका लागि सम्झौता अवधि समाप्त भइसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानूनी सल्लाहकार अधिवक्ता नारायण खनाललाई तत्कालका

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

  भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका

कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११

कतारका अमिर नेपालमा ऊर्जा, यातायात र कृषि क्षेत्रमा सहकार्य गर्न सकारात्मक

काठमाडौँ ।  नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि