पशुपतिनाथमा राखियो १०८ किलोको सुनको जलहरी
काठमाडौं । पशुपतिनाथ मन्दिरको शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको हो ।
पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । उनकाअनुसार १०८ किलोको सुनको जलहरी अर्पण गरिएको छ । यस कार्यका लागि ८० करोड रुपैँया खर्च भएको कोषले जनाएको छ । सुनको जलहरी अर्पण गर्नको निम्ति विगत पाँचदिन अघिदेखि पशुपतिनाथमा विधिपूर्वक पूजा भइरहेको थियो ।