मकवानपुरमा पहिरोले स्कार्पियो पुर्दा चालकको मृत्यु



हेटौंडा । काठमाडौँ– हेटौँडा जोड्ने छोरी मार्ग भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा आज बिहान पहिराले स्कार्पियो पुरिँदा एक जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा १७ प ४८७४ नम्बरको स्कार्पियो पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए ।

मृतक चालकको सनाखत भएको छैन । प्रवक्ता रानाका अनुसार सोही पहिरोमा परी दुई जना घाइते भएका छन् । घाइते हुनेको नाम खुलेको छैन ।

उक्त पहिराले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ९७ प ४८५१ नम्बरको मोरटरसाइकलमा आंशिक क्षति पुर्याउँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । घाइतेलाई उपचारका लागि काठमाडौंँ पठाइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप विवरण आउँन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस

कञ्चनपुर । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् ।

सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी

दाङ । केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका-१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो

धान खेतीको क्षेत्रफल घटेपनि बाँकेमा धान उत्पादनमा भने वृद्धि

बाँके । बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन

पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

अशोक घिमिरे, काठमाडौँ  । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि