नेपालमा अन्तराष्ट्रिय भू-राजनीति



पाेखरा, लामो समय देखि नेपालकाे अर्थ, राजनीति र समाजलाई हस्तक्षेप गर्दै आएका विदेशी संस्था र नियाेगहरूले नेपालमा अफ्ना लागि तयार गरेका मानिस र संस्थाहरूलाई प्रायाेजित रूपमा सबैभन्दा दुरदर्शी, असल, राष्ट्रबादि र व्यवसायिक देखाउन अाफ्ना सम्पूर्ण प्रभावहरू प्रयाेग गरी स्थापित गर्दै आएका छन् ।

यस्ता विदेशीले तयार गरेका मानिसहरूलाई प्रायाेजित बाैद्दिक बर्गबाट प्रशंसाकाे अाेहिराे लगाइन्छ भने उनीहरूले गरे नगरेका कामलाई बढाइ-चढाइ गर्न सबै किसिमका सञ्चार माध्यमहरू प्रर्याेगमा ल्याइन्छन् । यस्ता मानिस र विषयलाई स्थापित गर्न पैसा, भाेट बैंक, जातीयता, क्षेत्रीयता, अल्पसंख्यक, द्वन्द सुरक्षा निकाय, मानबअधिकार, अन्तराष्ट्रिय युद्ध अपराध सम्मलाई आकर्षित गरेर शक्ति केन्द्रलाई कमजोर गराइन्छ । देशका सबै राजनैतिक पार्टी, निकाय र नियुक्तिमा गैरजिम्मेवार, भ्रष्ट, अपराधीक मनाेबृती भएका मानिसहरूलाई नेतृत्वमा स्थापित गरी नेपालकाे हालकाे भुराजनैतिक महत्वलाई कालान्तर सम्म कब्जामा राख्ने उनिहरूकाे याेजना हाे ।

राष्ट्रियता र देशकाे उन्नति प्रगतिमा लाग्न प्रेरित बाैद्धिक तथा असल मानिसहरू समाज र देशकाे मुल प्रवाहमा रहे बिदेशीकाे सयाैँ बर्ष देखी नेपाललाई कब्जामा लिने, नेपालमा रहेका प्राकृतिक साधन स्रोत प्रशोधनमा कब्जा गर्ने र दक्षिण पुर्वी एशियाबाट बिश्वकाे शक्ति र अर्थतन्त्र नियन्त्रण गर्ने दाैडमा रहेका चीन र इन्डियाकाे बिचमा रहेर सन्तुलन गर्ने याेजना सहज नहुने आकलननै नेपालकाे राजनीति, कर्मचारीतन्त्र, सुरक्षा निकाय र समाज नियन्त्रणमा अपराधीकरणकाे मूलकारण हाे ।

नेपालकाे पाठ्यपुस्तकबाट राष्ट्रियता, नैतिक शिक्षा हटाउनु, नेपाली इतिहास प्रति वितृष्णा फैलाउनु, आफ्नै इतिहासकाे विरूद्धमा देशवासी उचाल्नु, स्थापित मुल्यमान्यता बन्देजमा न्यायालय र प्रहरी प्रशासन लाई प्रयाेग गर्नु र विदेशी मूल्य, मान्यता र कुरीतिलाई प्रश्रय दिनु नेपालकाे माैलिकता माथिकाे प्रहार र उपनिवेशीकरण गर्ने याेजना अन्तर्गतका कार्यहरू हुन् ।

काेइराला पाेखरामा स्थापित युवा व्यवसायी हुन् भने उनी समाज सेवा र अध्यात्ममा समेत रूची राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखराका तालमा ५३ प्रजातिका जलपक्षी

गण्डकी। पोखरा उपत्यकाका रामसार सूचीमा सूचीकृत नौ वटा तालमा गरिएको जलपक्षी गणनामा ५३

२० वर्षमा हात्तीको आक्रमणबाट दुई सय ७४ जनाको मृत्यु

भीष्मराज ओझा, काठमाडौं । पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि तथा बासस्थानमा भएको क्षयीकरण

सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै

गण्डकी । कास्कीको मादी गाउँपालिका–२ स्थित कप्रुडाँडाको पर्यटकीय सम्भावनालाई अध्ययन गरी पाँच वर्षअघि

हामीले देशको स्वाधीनता जोगाउन कसरी सकिन्छ होला भन्ने कुरामा छलफल गर्नै चाहेनौं

डा.युवराज संग्रौला । १. ‘देउवालाई २ पटक सभापति बनाएको भारत अहिले उनलाई असहयोग गर्न