‘यसरी सधैं बाटो बाटोमा हात थापेर हिंडेको राम्रो देखिँदैन प्रधानमन्त्रीज्यू, राज्यले केही गरोस्'(भिडियोसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २५ गते तेजाब(एसिड) पीडितहरूलाई बालुवाटार बोलाएर छलफल गरे । उनीहरुका कुरा सुने । त्यसपछि एसिड पीडितहरुको माग गरेअनुरूप यस अमानवीय र जघन्य अपराधका दोषी माथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताए ।

यसका लागि १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि प्रधानमन्त्रीले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । त्यसक्रममा प्रधानमन्त्रीले अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने आश्वासन दिएका छन् ।

देशभरि एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरू कार्यक्रममा सहभागी थिए । एसिड पीडितहरुको माग प्रधानमन्त्रीबाट सुनुवाई होस् भन्ने अभियानमा लागेका थिए अभियन्ता उज्जवलविक्रम थापा ।

उनले प्रधानमन्त्रीसमक्ष सबैलाई स्तब्ध हुने गरी एसिड पीडितका कुरा राखेका छन् । एसिड पीडित पुरुषले सरकारबाट अहिलेसम्म कुनै सहयोग नपाएको, महिलाले पनि ठाउँ र पहुँच अनुसार मात्र सहयोग पाएको जानकारी गराएका थिए ।

उनी प्रधानमन्त्रीसमक्ष यसरी प्रस्तुत भए,‘ म सन् २०१५ देखि उहाँहरुको उपचारका लागि हात थापेर हिंडेको छु, परिवारलाई काउन्सिलिङ, उपचार खर्च, कानुनी लडाईँ लड्न सहयोग गरिरहेको छु । तर यसरी सधैं बाटो बाटोमा हात थापेर हिंडेको राम्रो देखिँदैन । त्यसैले उहाँहरुको लागि अब राज्यले गर्नुपर्छ । अहिलेको कानुन ठीकै छ तर शारीरिक रुपमा सजाय ठीक भएपनि उहाँहरुको मानसिक, सामाजिकरुपमा भएको पीडाको त्यतिले सजाय पुग्दैन । त्यसैले पीडकलाई जन्मकैदको सजायको व्यवस्था गरियोस् । एसिड पीडितले जागिर पाउँदैनन् । त्यसैले रोजगारीको व्यवस्था गरियोस् । उहाँहरुले अनुहारमा मासिक ८ हजारको क्रिम लगाउनुपर्छ । त्यसैले मेरो आग्रह छ उहाँहरुलाई मासिक आठ हजार रुपैयाँ दिने व्यवस्था गरियोस् ।’
बाँकी भिडियोमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र