सेनाले भक्तपुरमा एकैदिन तयार गर्यो १५० वेडको आइसोलेसन कक्ष



भक्तपुर । नेपाली सेनाले भक्तपुरमा एकैदिनमा १५० वेडको आइसोलेशन तयार गरेको छ । सेनाले भक्तपुरस्थीत सैनिक महाविद्यालयको बीबीए ब्लकमा एक दिनमै १५० बेडको आइसोलेशन कक्ष तयार गरेको हो ।

उक्त ब्लकमा २५ वटा कोठा रहेका र प्रत्येक कोठामा कम्तीमा ६ जनालाई राख्न सकिने सेनाले जनाएको छ । आइसोलेशनको व्यवस्थापन तीन समूहले गर्नेछन्, जसमा व्यवस्थापकीय टीम, मेडिकल टिम र हाइजिन तथा फोहरमैला टिम रहने सूर्य विनायक व्यारेकका गणपति प्रमुख सेनानी शिव प्रसाद पौडेलले जानकारी दिए ।

उक्त आइसोलेशनमा पहिलो चरणमा संक्रमित सैनिक तथा आश्रित परिवारलाई राखिने उनले बताए । सेनाले यसअघि भक्तपुरको सूर्यबिनायकमा ७५ वेडको आइसोलेशन कक्ष तयार गरेको थियो । योसंगै भक्तपुरमा सेनाले २२५ बेडको आइसोलेशन कक्ष तयार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

लुक्ला (सोलुखुम्वु) । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला एयरपोट) मा

आगलागीबाट सङ्खुवासभामा १९ लाख भन्दाबढीको क्षति

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट १९ लाख

बझाङको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

  चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा १ मा शनिबार भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा