पुजारी हत्याको आरोपमा पक्राउ परेका दुई जना सार्वजनिक



काठमाडौं । रौतहटको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका नरेश राउत पटेल र बालकुमार पटेललाई प्रहरीले सार्वजनिक गरेको हो । पुजारीले आफ्नो रकम फिर्ता मागेपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रदेश दुईका डीआईजी धिरजप्रताप सिंहका अनुसार उनीहरुले कटुवा पेस्तोल प्रहार गरी पुजारीको हत्या गरेका थिए । अनुसन्धानको क्रममा नरेश पटेलका बुवाले पुजारीसँग रकम ब्याजमा लिएको र रकम तिर्ने क्रममा विवाद भएको खुलेको छ । प्रहरीले घटनामा संग्लन अन्यको खोजी कार्य जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरोले घर बगाउँदा सोलुखुम्बुमा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, उपत्यकापछि काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका