काफ्ले सेवा समाजलाई ९३ हजार रुपैयाँ बराबरको लामा नाचको सामग्री हस्तान्तरण



काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउली गाउँपालिका वडा नम्बर ३ काफ्ले सेवा समाजलाई लामा नाचको सामग्री हस्तान्तरण गरिएको छ ।
समाजसेवी तथा व्यवसायी बुद्ध दोर्जे घिसिङ तामाङको सौजन्यमा छ्याम नृत्यको लागि घोईलो न्हाम्सा भाक्पा ३ सेट, ङाछ्याङ १ सेट, ज्युड्पा अर्थात् सिन्ठुप ७ सेट पन्चौली र ऊईटा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा ९३ हजार रुपैयाँ बराबरको सामग्री धर्म गुरु लामा ग्याम्जो घिसिङलाई हस्तान्तरण गरिएको समाजसेवी तथा तामाङ बौंद्ध महासंघ नेपालका केन्द्रीय महासचिव टेक राज मोक्तानले जानकारी दिए । उक्त कार्यक्रममा रामेछाप पोङ्दि गुम्बा टार र दमराको लामा धर्म गुरुहरु, काफ्ले समाजको प्रतिनिधिहरु लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा समाजसेवी दोर्जे घिसिङले उक्त सामाग्री सबैको लागि उपयोग हुने भन्दै सही प्रयोग र हिफाजतसँग राख्न अनुरोध गरे ।
सामाजिक अभियन्ता मोक्तानले सामग्री प्रदान गर्ने मनकारी मन भएकाहरुको प्रशंसा गर्दै सामग्रीको संरक्षण सम्बद्र्धन गर्नु समाजको दायित्व रहेको बताए ।

उक्त सामाग्रीहरु ९४ वर्षको स्वार्गिय म्हे म्हे जाहर मान घिसिङ को २१ दिनको तिथिमा भएको घेवा‘मा लामा छ्याम नृत्यको सामाग्री हस्तान्तरण पश्चात धर्म गुरुहरुले तयही गोइलामा सजिएर ज्युङ्बा र बाक्पा छ्याम नृत्य प्रदर्शन गरेको अभियन्ता मोक्तानले बताए ।
यसअघि पनि समाजसेवी मोक्तानले देशभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस गाउँगाउँसम्म फैलिएकाले समुदायमा जनचेतना, सुरक्षा सतर्कताका लागि नागरिक सचेतना कार्यक्रमसहित विभिन्न स्वास्थ्य सामाग्री वितरण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सिक्लेसको मौलिकता पर्यटनको महत्त्वपूर्ण आधार’

गण्डकी । कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका

थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी

बागलुङ । बागलुङ नगरपालिका-१२ अमला चौरका मुकुन्द ढकाल ४४ वर्ष भयो । मलेसियामा

कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस

कञ्चनपुर । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् ।

सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी

दाङ । केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका-१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो