कमलादीमा बरामद गरिएको नक्कली सुन र पेस्तोल फोटोमा हेर्नुस्



काठमाडौं । प्रहरीले मंगलबार काठमाडौंमा आधा किलो सुन र साढे १४ किलो चादी बरामद गरेको छ । काठमाडौंको कमलादीबाट सुन भनेर बरामद गरिएको १५ किलो पहेंलो धातुमध्ये आधा किलो मात्र सुन भएको महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

कमलादीस्थित कृष्ण पाउरोटी चोकमा सवारी जाँचका क्रममा बा.६च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा गाडी नरोकेर गाडीमा सवार व्यक्तिले झोला फालेर फरार भएका थिए । झोलामा प्रहरीले १५ किलो सुनजस्तो देखिने धातु र दुईथान पेस्तोल बरामद गरेको थियो । पेस्तोलसँगै दुईथान म्याग्जिन पनि बरामद भएको थियो ।

सुन भनेर बरामद गरेको उक्त पहेंलो धातु साढे १४ किलो नक्कली सुन रहेको प्रहरीले जनाएको छ । १५ किलोमध्ये ५ सय ग्राम सुन र साढे १४ किलो चाँदीमा सुनको जलप लगाएको पाइएको जानकारी प्रहरीले दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले सुन भनेर ठग्नका लागि चाँदीमा जलप लगाएको हुनसक्ने बताए ।

घटनामा कोही पनि दोषी पक्राउ नपरेको र पक्राउ परेपछि थप रहस्य खुल्ने उनले जानकारी दिए । प्रहरीले १ केजी लेखिएको ८ थान, २५० ग्राम लेखिएको २६ थान र ५ सय ग्राम लेखिएको १ थान पहेलो धातु बरामद गरेको थियो । त्यस्तै प्रहरीले बरामद गरेको पेस्तोलमा म्यागजिन भएपनि गोली भने नभएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका