भेरी अस्पतालका कम्प्यूटर अपरेटर स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ
काठमाडौं । भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर अपरेटर अरूणराज खनाल १६ लाख रुपैयाँ भन्दा बढी श्रोत नखुलेको रकमसहित पक्राउ परेका छन् ।
विभिन्न फर्म तथा पसलेहरूबाट लिएको कमिशन बापतको रकम र चेकसमेत अफ्नो कार्यकक्षमा राखेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खनाललाई १६ लाख १३ हजार नौ सय पचहत्तर रुपैयाँ स्रोत नखुलेको नगद रकमसहित पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले उनका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।