बढ्यो काठमाडौंमा सवारी चाप



काठमाडौं । गत चैत ११ गतेदेखि लागू भएको लकडाउन बुधबारबाट औपचारिक रुपमा अन्त्य भएपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको छ । चार महिने लामो लकडाउन अन्त्य गर्दै सरकारले अधिकांश क्षेत्रलाई खुल्ला गरेपछि काठमाडौंमा सवारी चाप बढेको हो । सवारी साधन सञ्चालनमा लागू भएको जोर विजोर प्रणाली पनि हटेको छ । त्यसैले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप बढेको छ । सवारी चाप बढेपछि ट्राफिक प्रहरीले चोक चोकमा चालकहरुलाई मास्क लगाउन आग्रह गरेको छ ।

अधिकांश क्षेत्र खुलेपछि जनजीवन समान्य रुपमा फर्कन थालेको छ । सडकमा निजी तथा सार्वजनिक सवारी सधानहरु बाक्लो संख्यामा देखिएका छन् भने चोकमा ट्राफिक जाम देखिएको छ । जनजीवन समान्य बनाउन लकडाउन खोले पनि संक्रमणको जोखिम कायम नै रहकोले सतर्क रहन सरकारले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि पक्राउ पर्ने सूचना पाएको छुः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

सरकारका कामकारबाहीप्रति विपक्ष दलहरु रुष्ट, पार्टीगत स्वार्थमा मात्र ध्यान केन्द्रित गरेको आरोप

काठमाडौं । विपक्षी दलहरूको बैठकले सरकार जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको छ ।

चितवनमा रगत अभाव

चितवन । चितवन जिल्लामा रगत अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम

धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण

काभ्रेपलाञ्चोक। पहिलो स्वस्थ सहरको घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति आकर्षण बढेको छ ।