उपत्यकाको विकासका लागि अध्ययन गर्न बिषयगत कार्यदल गठन



काठमाडौं । काठमाडौं उपत्यकाको विकास र सेवा प्रवाहलाई समान मापदण्डका आधारमा कार्यान्वयन गर्न, अन्तर नगर साझेदारिता र सहयोगका कार्यक्रम पहिचान गर्न दुई वटा समिति गठन गरिएको छ ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको अध्यक्षतामा आइतबार बसेको बैठकले काठमाडौं महानगरका सहसचिव राजेश्वर ज्ञवाली र ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद कोइरालाको संयोजकत्वमा छुट्टाछुट्टै कार्यदल गठन गरिएको हो । दुवै समिति ५ सदस्यीय हुन् ।

सहसचिव ज्ञवालीको सयोजकत्वमा गठित समितिलाई अन्तर नगर सहयोग क्षेत्र र साझेदार कार्यक्रम अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । यस समितिमा सूर्यबिनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, कीर्तिपुर नगरका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य, बुढानिलकण्ठ नगरका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटा सदस्य हुनुहुन्छ । समितिको सदस्यसचिव काठमाडौं महानगरको सहरी सुशासन बिभागका प्रमुख हरिबहादुर कुँवर छन् ।

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत कोइरालाको संयोजकत्वमा गठित समितिलाई फोहोरमैला व्यवस्थापन कोषको कार्यबिधि बनाउने, सञ्चार साझेदारिता र ट्राफिक व्यवस्थापनका कार्यक्रम ढाँचा शिफारिस गर्ने जिम्मेवारी दिइएको छ । यस समितिमा महालक्ष्मी नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत पुरुषोत्तम सापकोटा, तारेकश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदी र गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि घिमिरे सदस्य हुनुहुन्छ । समितिको सदस्य सचिवको जिम्मेवारी काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठलाई दिइएको छ । समितिलाई १ महिनाको समयावधि दिइएको छ ।

साझा लगानीबाट ल्याण्डफिल साइट व्यवस्थापन गर्ने विषयमा छलफल गर्न महानगरले उपत्यकाका सबै नगरका प्रमुख प्रशासकीय अधिकृतलाई बैठकमा बोलाएको थियो । अहिले ओखरपौवा ल्याण्डफिल साइटमा उपत्यकाका नगरको फोहोर व्यवस्थापन हुँदै आएको छ । यसको क्षमता सकिने अवस्था छ । यसपछि सञ्चालन गर्न बञ्चरे डाँडामा साइटको निर्माण कार्य भइरहेको छ । बर्खायाम भएका कारण अहिले काम गर्न कठिन भइरहेको छ ।

बैठकमा बोल्दै काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत अर्यालले भने,‘उपत्यकाको पूर्वाधार बिकास र सुबिधा बितरण समान मापदण्डका आधारमा गर्नुपर्छ । यस कामको राजनीतिक नेतृत्व उपत्यका मेयर्स फोरमले गर्छ भने प्रशासनिक नेतृत्व प्रमुख प्रशासकीय अधिकृतहरुले गर्नुपर्छ ।’

काठमाडौंमा घरेलु फोहोर उत्पादन र व्यवस्थापकीय परिणाम
काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले ओखरपौवा स्यानिटरी ल्याण्डफिल्ड साइटमा पु¥याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्याङ्क हो । यसबाहेक संकलन हुन नसकेको फोहोर र श्रोतमा घटाएको फोहोरको मात्रा पनि छ । यसको तथ्याङ्क यकिन छैन । १ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पु¥याउने गरिएको छ । उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा पुर्याउने गरिएको छ ।

उपत्यकाका नगर क्षेत्रमध्ये गोकर्णेश्वर नगर तेश्रो धेरै फोहोर उत्पादन हुने नगर हो । यस नगरबाट दैनक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । त्यसपछि नागार्जुन, टोखा, तारकेश्वर र बुढानिलकण्ठ गरी ४ वटा नगर क्षेत्रबाट हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्याङ्कले देखाउँछ । यी नगरहरु फोहोर उत्पादनका कोणबाट चौथा ठूला नगर हुन् । त्यसपछि काठमाडौंको चन्द्रागिरी, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमी नगर क्षेत्र हरेकबाट ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । यी नगर पाँचौ स्थानमा परेका छन् ।

ललितपुरको गोदावरी र भक्तपुरको सूर्यविनायक नगर क्षेत्रबाट क्रमशः २५/२५ मेट्रिक टन, काठमाडौंको कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन, काठमाडौंकै दक्षिणकाली र भक्तपुरको चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ । शंखरापुर नगर क्षेत्रबाट ८ मेट्रिक टन र सबैभन्दा कम कीर्तिपुर नगरबाट दैनिक ६ मेट्रिक टन मात्र फोहोर उत्पादन हुने गरेको छ ।

महानगरको फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख निर्मलराज बरालकाअनुसार उपत्यकाका नगरबाहेक नुवाकोट जिल्लाको ककनी गाउँपालिकाका स्थानीय र धादिङ् जिल्लाको धुनिबेँसी नगरबासीले पनि ल्याण्डफिल साइटमा फोहोर लैजाने गरेका छन् ।

फोहोर सबै ठाउँबाट उत्तिकै र उस्तै प्रकृतिको उत्पादन हुँदैन हुँदैन । बस्ती क्षेत्रमा जैबिक फोहोर बढी र व्यवसायिक ठाउँमा अजैबिक फोहोर धेरै उत्पादन हुन्छ । महानगरले निकालेको तथ्याङ्कअनुसार औसतमा एकजना महानगरबासीले एक दिनमा ४६५ ग्राम फोहोर उत्पादन गर्छ । कुल फोहोरलाई औसतमा बर्गीकरण गर्दा करीब ६३ प्रतिशत जैविक फोहोरको मात्रा देखिन्छ ।

त्यस्तै ११ प्रतिशत प्लाष्टिकजन्य, ९ प्रतिशत कागजजन्य, ५ प्रतिशत शीसाजन्य, ०.५ प्रतिशत धातुजन्य फोहोर देखिन्छ । यी दुवै प्रकारका फोहोरलाई पुनःप्रयोग गरेर उपयोगमा ल्याउन सकिन्छ । तर, अहिलेसम्म एकीकृत र समन्वयात्मक रुपमा यो काम हुन सकेको छैन । आजसम्मको अभ्यास भनेको फोहोर संकलन गर्ने, ढुवानी गर्ने र अन्तिम व्यवस्थापनका लागि ल्याण्डफिल साइटमा पु¥याउने काम नै फोहोर व्यवस्थापनको मुख्य काम बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई