कास्कीको सराङकोट र हेम्जामा पहिरो घर बगाउँदा ४ जनाको मृत्यु



कास्की । कास्कीको सराङकोट र हेम्जामा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । पोखा १८ सराङकोटको गोठादीमा घरमाथीको सडक भत्किंदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।

१० जना मध्ये ३ जनाको मृत्यु भएको र ७ जना घाइते छन् । उनीहरुलाई स्थानीय र प्रहरीको सक्रियातामा मणिपाल अस्पताल पुर्याइएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

राती जन्मदिन मनाउन अन्य इस्टमित्र समेत आएका कारण घरमा कति जना थिए भन्ने थाहा हुन नसकेको हमालले बताए । अन्य हराइरहेको आशंकामा प्रहरीले खोजी कार्य गरिरहेको छ ।

त्यसैगरी पोखरा २५ हेम्जामा घर पछाडीबाट पहिरो आउदा ७० वर्षीया हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाचिन छाडे धाननाच

तेह्रथुम । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान

धुलिखेल (काभ्रेपलाञ्चोक)। यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको

मुख्यमन्त्री पाण्डेद्वारा बालविवाह मुक्त गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई बालविवाह मुक्त गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर गरेका

डोल्पाको चरन क्षेत्रमा चौँरी

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरु । हिमाली क्षेत्रमा