सिसडोल स्यानिटरी ल्याण्डफिल साइट क्षेत्रका ४ सय ७२ जनाको नमुना परीक्षण



काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल स्यानिटरी ल्याण्डफिल साइटबाट फोहोर प्रभावित क्षेत्रका ४७२ जना स्थानीयको मंगलबार कोरोना परीक्षण गरिएको छ । काठमाडौं महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा परीक्षण गराएको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिए ।

महानगरका स्वास्थ्य सहायक ऋषि भुषालकाअनुसार ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीबाट ३२० जना र भवानी मा. वि. बाट १५२ जना गरी ४७२ जनाको परीक्षण गरिएको हो । यसमध्ये स्वास्थ्य चौकीमा १४० जनाको आरडिटी र ५० जनाको पिसिआरबिधि र भवानी मा. वि. बाट १८० जनाको आरडिटी र १०२ जनाको पिसिआर बिधिबाट परीक्षण गराइएको थियो ।

‘हामीले फोहोरको अन्तिम व्यवस्थापन हुने सिसडोलको सन्निकट (फोहोर प्रभावित) क्षेत्रका स्थानीयबासीको प्रतिनिधिमुलक परीक्षण गराएका हौं । वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ भन्छन् — आजको परीक्षणमा नुवाकोटको ककनी गाउँपालिका वडा १, २ र ३ बाट, धादिङ्को धुनिबेँसी नगरपालिकाको वडा १ र काठमाडौंको तारकेश्वर नगरपालिका वडा ३ बाट स्थानीयहरु सहभागी हुनुहुन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्याउनेविरुद्ध अनुसन्धान सुरु

  काठमाडौँ । भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत पहुँच पुर्याउनेविरुद्ध विद्युतीय कारोबार

काठमाडौँमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु

  काठमाडौँ । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी शनिबारदेखि काठमाडौंमा

पश्चिम रुकुममा चार दिनअघि भागेर विवाह गरेका एकजोडी मृत फेला

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणीमा एकजोडी मृत फेला परेका छन् । त्रिवेणी

अर्थतन्त्रको विकासमा सबै राजनीतिक दल एक हुनु जरुरी छः उपसभापति वाग्ले

  लेखनाथ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले राजनीति सङ्लो