मुख्यमन्त्री लालबाबु राउतलाई महामुर्खको उपाधि
जनकपुरधाम । मिथिला नाट्यकला परिषदले फागुन पूर्णिमाको अवसरमा प्रदान गर्दै आएको महामुर्खको उपाधि यस वर्ष मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गरेको छ ।
देशको समाजिक रुपान्तरणका लागि मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ, छोरी शिक्षा विमा, दलित र महिलाको लागि आरक्षणको व्यवस्था जस्ता कदमको लागि उनलाई महामुर्खको उपाधि प्रदान गरिएको मिथिला नाट्यकला परिषदले जनाएको छ ।
मिथिला नाट्यकला परिषदले भाषा, संस्कृति, कला, समाजिक रुपान्तरण, राजनीति जस्ता विद्यामा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रत्येक वर्ष महामुर्खको उपाधि प्रदान गर्दै आएको छ ।