४९ हजार ६८४ महानगरबासीले पाउँछन् सामाजिक सुरक्षा भत्ता



काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षमा ४९ हजार ६८४ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । आर्थिक तथा सामाजिक समस्यामा परेका, लोपोन्मुख तथा आफ्नो ख्याल आफैं गर्न नसक्ने नागरिकको सामाजिक सुरक्षा अधिकार सुनिश्चित गर्न सरकारले उपलब्ध गराइएको भत्ता पाउने व्यक्तिको संख्या हो यो । नगद बितरणमा आधारित यो सामाजिक सुरक्षा कार्यक्रमभित्र जेष्ठ नागरिक, एकल महिला, बिधवा, पूर्ण अपाङ्गता भएका व्यक्ति, अतिअशक्त अपाङ्ग, दलित, जनजाति, तोकिएका बालबालिकालाई राखिएको छ ।

यसप्रकारको भत्ता पाउने व्यक्तिमध्ये सबैभन्दा धेरै वडा १६ मा २ हजार ८२७ जना छन् भने दोश्रोमा वडा १४ मा २ हजार ७६१ जना छन् । त्यस्तै तेश्रो धेरै संख्या भएको वडा १५ हो । यस वडामा २ हजार ५२७ जना छन् । सबैभन्दा कम भएको वडा १ हो । यसमा ८१४ जना छन् । दोश्रो कम संख्या भएको वडा वडा २ हो । यस वडामा ८७७ जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँछन् ।

काठमाडौं महानगरका ३२ वटा वडामा सामाजिक सुरक्षा भत्ता बुझ्ने ७० बर्ष पूरा गरेको जेष्ठ नागरिकको संख्या १७ हजार ४२७ छ । यीमध्ये सबैभन्दा धेरै वडा नं. १४ का १ हजार ८० जना, दोश्रोमा वडा १६ का १ हजार ६२ जना र तेश्रोमा वडा ३ का ९०७ जनाले नागरिकले भत्ता पाउँछन् । यी नागरिकमध्ये वडा १४ का १ हजार ८८, वडा १५ का १०२४ वडा ३१ का ८७३ जनाले उपचार भत्ता पनि लिएका छन् । एकल र बिधवा ७० बर्ष पुगेपछि मासिक भत्तासँगै मासिक उपचार खर्चवापत् १ हजार रुपैयाँ थप हुने भएकोले जेष्ठ नागरिकको संख्या र उपचार रकम लिने व्यक्तिको संख्या फरक भएको हो ।

दलिततर्फ महानगरभरीमा १५० जनाले भत्ता बुझ्दै आएका छन् । यसमा वडा ३१ मा ५४ जना, वडा ३२ मा १९ जना छन् । दलिततर्फ तेश्रो धेरै संख्या भएका वडाहरु ३ र १९ हुन् । यी वडामा क्रमशः १०/१० जनाले भत्ता पाएका छन् । वडा १, ४, ८, ९, १३, १८, २०, २१, २२, २३, २४, २५ र २७ मा यस शीर्षकमा भत्ता पाउने कोही पनि छैनन् । यो बर्ष महानगरका १० हजार ५९८ जना बिधवाले सामाजिक सुरक्षा भत्ता रकम पाएका छन् । यो संख्यामध्ये सबैभन्दा धेरै वडा ७ का ६५० जना, त्यसपछि १५ का ६१५ जना र तेश्रोमा वडा ६ का ५५८ जना छन् । वडा १ र ४ मा बिधवा भत्ता पाउनेको संख्या शुन्य छ । सामाजिक सुरक्षा भत्ताको अर्को शीर्षक एकल भत्ता पाउनेको संख्या १ हजार ८६ रहेको छ । यीमध्ये वडा ४ मा धेरै छ । त्यसपछि वडा १ र वडा २५ मा छन् । ती वडामा भएका एकलको संख्या क्रमशः ४७०, १७४ र ४१ हो । वडा ९, १८, २०, २३, २९ र ३२ मा एकलको संख्या छैन ।

महानगरभरिमा पूर्ण अपाङ्गको संख्या ५१३ जना छ । यसमध्ये वडा ३ मा सबैभन्दा बढी ३० जना, वडा ३१ मा २८ जना छन् । त्यस्तै वडा ५ र ३२ मा समान २७÷२७ जना पूर्ण अपाङ्गता भएका व्यक्ति छन् । ३८१ आंशिक अपाङ्ग (अति अशक्त) व्यक्तिमध्ये वडा सबैभन्दा धेरै वडा १६ मा २८ जना, वडा २६ मा २७ जना र वडा १५ मा २४ जना छन् । बालपोषणअन्तर्गत मासिक भत्ता पाउने बालबालिकाको संख्या ८ रहेको छ । यीमध्ये वडा ११ र १२ मा समान ३/३ जना र वडा २८ मा २ जना छन् । यो भत्ता अभिभावकमध्ये कोही पनि रोजगारमा नरहेका दलित परिबारका बालबालिकालाई दिइने भत्ता हो ।

दलित, एकल महिला र बिधवाले मासिक २ हजार रुपैयाँ भत्ता प्राप्त गर्छन् । यो रकममा जेष्ठ नागरिकलाई उपचार खर्चपवापत् मासिक १ हजार रुपैयाँ थप दिइन्छ । भत्ता पाउन साबिक कर्णाली र दलित बर्ग व्यक्ति भए ६० बर्ष पूरा हुनुपर्छ भने अन्य क्षेत्र र समुदायका व्यक्तिले ७० बर्ष उमेर पूरा गर्नुपर्छ । उनीहरुले भत्तावापत् २ हजार रुपैयाँ र उपचार खर्च वापत् १ हजार रुपैयाँ प्रतिमहिना प्राप्त गर्छन् । दलित जेष्ठ नागरिक र एकल महिलाले ६० बर्ष उमेर पूरा भएपछि भत्ता पाउँछन् ।

पूर्ण अपाङ् भत्ता मासिक ३०० रुपैयाँ हो भने आंशिक अपाङ्ता भत्ता मासिक १६०० रुपैयाँ हो । १४ जिल्लाका रोजगारबिहिन दलित परिवारका बालबालिकालाई दिइने भत्ता रकम मासिक ४०० रुपैयाँ हो । सरबारबाट प्राप्त हुने यो रकमसँगै काठमाडौ.महानगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने ७५ बर्ष माथिका महिला र ८० बर्ष माथिका पुरुषलाई बार्षिक १२ हजार रुपैयाँ महानगर बिशेष भत्ता रकम दिने गरिएको छ ।

यसरी प्रदान गरिने भत्ता रकमवापत् महानगरले चालु आर्थिक बर्षको प्रथम चौमासिकमा ३२ करोड १३ लाख ३८ हजार ९०० सय रुपैयाँ वितरण गरेको लेखा अधिकृत अनिता श्रेष्ठले जानकारी दिइन् ।

यसबाहेक बैङ्कमार्फत बित्तिय कारोबार गर्न नसक्ने धेरै मानिसहरु भत्ता पाउने अवसरबाट बञ्चित भएका जनप्रतिनिधिले बताउँदै आएका छन् । अर्कोतिर बैङ्कमा खाता खोल्नेहरुले पैसा प्राप्त गर्ने बिधि पनि सजिलो बनाउनु पर्ने कुरा पनि उठेको छ । महानगरको बित्त बिभाग, सामाजिक बिकास बिभाग, वडा कार्यालय र सेवाग्राहीको खाता रहेको बैङ्क सबैमा सुधारको आवश्यकता छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने भन्छन्, एउटा बैङ्कमा खाता खोलीसकेपछि त्यसलाई निरन्तरता दिइनुपर्छ । अन्यथा पाका उमेरका मासिहरुले दुःख महसुस गर्नुहुन्छ ।

सामाजिक सुरक्षा व्यवस्थालाई प्रबन्ध गर्न वडा—वडामा छुट्टै संयन्त्र बनाउनु आवश्यक छ । वडा ३० का अध्यक्ष दलबहादुर कार्की अनुभव सुनाउँदै भन्छन्— ‘सामाजिक सुरक्षाको कुरा बुझ्न आउने सेवाग्राहीका कारण अन्य प्रशासनिक काम गर्न नै कठिन भएको छ ।’ अर्कोतिर बैङ्को खाता खोल्न नसक्ने मानिसले सुरक्षा भत्ता पाउन सकेका छैनन् । काठमाडौं महानगरपालिका भित्रै पनि यस्ता व्यक्तिको संख्या धेरै भएको जनप्रतिनिधिको भनाइ छ । के बैङ्किङ् कारोबार गर्न नसक्नेले भत्ता नपाउने त? प्रश्नको उत्तरमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण बिभागका निर्देशक जनकराज भट्ट भन्छन्— सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम ‘नगद बितरण’मा आधारित हो । यसरी दिइने नगद बैङ्क खाताबाट मात्र दिइन्छ । सम्बन्धित व्यक्तिकै हातमा पैसा पुगोस् भनेर यसो गरिएको हो । बिषयलाई थप स्पष्ट पार्दै उहाँले भन्नुभयो — ‘एक व्यक्ति, एक बैङ्क खाता’ सरकारको नीति हो । यसै नीतिअनुसार सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिलाई उपलब्ध गराइने नगद उसको नाममा रहेको बैङ्क खातामा पठाउने गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशिएका श्रमिकको हितका लागि सरकारले थप कार्यक्रम ल्याउँछः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हितका

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा हाल देखापरेको विवाद समाधानका

‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’

काठमाडौं । नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य प्राकृतिक उत्पादन गर्न

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा हुने भएको छ