मेलम्चीको पानी असारसम्ममा काठमाडौं ल्याउने गरी श्वेतपत्र जारी



काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले असारभित्रमा काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा खानेपानीमन्त्री बिना मगरले बाँकी काम सम्पन्न गर्दै चालु आर्थिक वर्षभित्रै उपत्यकामा खानेपानी ल्याउने गरी श्वेतपत्र जारी गरेकी हुन् ।

उनले खानेपानी सबै नागरिकको मौलिक हक भएको भन्दै सरकार उपत्यकावासीलाई चाँडो मेलम्चीको पानी घर–घरमा पुर्याउन प्रतिबद्ध रहेको बताइन् । उपत्यकावासी आशा भरोसा गरेर मेलम्चीलाई लामो समयसम्म कुरेको उनको भनाइ थियो । उनले मन्त्रालयको कार्यतालिका अनुसार नै निर्माणको काम तीव्र गतिमा भइरहेको जानकारी दिइन् ।

पन्ध्र महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकारले गत असोजमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको थियो । सिनो हाइड्रोसँग असोज १२ मा सुरुङ निर्माणका लागि र असोज २४ मा हेडबक्स निर्माणको सम्झौता भएको थियो ।

‘चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले दु्रतगतिमा काम गरिरहेको उनले बताइन् ।
सम्झौताअनुसार सुरुङको काम आगामी असोजसम्म र हेडवक्र्सको काम पुससम्म सम्पन्न गर्ने कार्यतालिका रहेको भएपनि सम्झौता अगावै यी काम सकिने सचिव माधव बेल्वासेले बताए । सुरुङको काम असारमै नसकिए पनि अस्थायी बाँध बनाएर असारमा पानी ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९५ दशमलव १२ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ८९ दशमलव सात प्रतिशत रहेको छ । आयोजनाको १४ वटा गेटमध्ये नौ वटा सम्पन्न भइसकेका छन् भने मुख्य सुरुङ्गको अन्तिम काम (फिनिसिङ) ६० प्रतिशत सकिएको छ ।

यसैगरी आयोजनाको तीन वटा ‘भेन्ट साफ्टस’ जडान गर्नुपर्नेमा एउटा जडान गरिएको छ । ‘अडिट सुरुङ’ मा अनुगमन उपकरण जडान, प्लानल बोर्ड, सेन्सर, बाल बुसिङ्ग र केवल्सको काम गर्नका लागि सम्झौता भइसकेको समितिका कार्यकारी निर्देशक खत्रीले बताए ।

खानेपानी काठमाडौँ उपत्यकामा वितरण गर्नु पहिले सुन्दरीजलमा प्रशोधन हुनेछ । पानी प्रशोधनका लागि दुई वटा प्रशोधन केन्द्र निर्माण गरिएकोमा दुबै सम्पन्न भइसकेका छन् । यीमध्ये एउटा एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा र अर्काे जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा निर्माण भएको हो । असार मसान्तसम्म सुरुङको परीक्षण गरिसकेर सञ्चालनमा ल्याइने प्रमुख खत्रीले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा दीर्घकालीन रुपमा खानेपानीका आपूर्ति गर्नका लागि विश्व बैंकको सहयोगमा सन् १९७२ मा पहिलो पटक अध्ययन गरिएको थियो । मेलम्चीबाट खानेपानी ल्याउनका लागि पहिलो पटक २०५३ सालमा मेलम्ची खानेपानी लिमिटेड स्थापना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चौधवर्षमा पनि बनेन लम्सुवाघाट पुल

भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको

दैनिक कति हराउँछन् बालबालिका ? यस्तो छ देशभरको तथ्यांक

काठमाडौं । यसवर्षको पुस मसान्तसम्म देशभरबाट तीन हजार ६९८ बालबालिका हराएकोमा तीन हजार

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन

नवलपुर ।  यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ करोड बराबरको सुन्तला उत्पादन भएको

गैँडा स्थानान्तरणको काम सकियो

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा स्थानान्तरणसँगै यस वर्षका