यसरी गर्न सक्छन् इन्जिनियर तथा आर्किटेक्टहरूले विश्वलाई नेपाली वास्तुविज्ञान निर्यात
डा. गोविन्दशरण उपाध्याय ।
प्राचीन वास्तु विज्ञानका यी अद्भूत निर्माणहरुले आधुनिक निर्माणकर्मीका लागि (आर्किटेक्ट र इन्जिनियर) अनुसन्धान गर्न अभिप्रेरित गर्नुपर्छ | यदि यी रचनाहरू देखेर पनि आधुनिक निर्माणकर्मी आफ्नो प्नाचीन वास्रुकलाको अनुसन्धान गर्न रुचि हुँदैन भने आधुनिक सिकाई केवल विदेशीको नक्कलमात्र हो | नक्कलीहरूले सक्कली कुरामा अभिरुचि दिनैसक्दैनन् |
वैदिक, जैन तथा बौद्धकालका यी रचनाहरू अद्भूत छन् किनभने यी मध्ये कुनै पनि १२०० वर्ष भन्दा थोरै उमेरका छैनन् | आजका निर्माणकर्मीले ५० वर्षको रचना बनाउने खुवी राख्दैनन् तर यिनको उमेर नै १२०० देखि १८०० वर्ष पुगेको छ | उदाहरणका लागि नेपाल कै चाँगुनारायणको मन्दिर होस् वा भक्तपुरको न्यातापोल वा दत्तात्रेय मन्दिर नै किन नहोस्, इनको निर्माण सन् ३०० देखि १७०० सयका बीचमा भएका हुन् |
मध्यप्रदेशको एलोरामा रहेको कैलाश मन्दिर एउटा पहाड काटेर निर्माण गरिएको मन्दिर हो भने केही दक्षिण भारतको कुम्भेश्वर मन्दिरको गजुर ९० टनको छ र राजस्थानको चोर-ववादी ४०० मिटर गहिरो पानीको इनार — यस्ता हजारौँ वास्तुहरू अझैं जीवन्त छन् | नेपालमा पनि एस्ता कलाकृतिहरू राईछाई छन् | हाम्रा आधुनिक वास्तुशास्त्रीहरूले उपलब्ध प्राचीन कलाकृतिका आधारमा मिश्रित निर्माण कलाको विकास गरेर निर्यात गर्न सक्नुपर्छ | एसका लागि नक्कल होइन आक्कल र धैर्यता चाहिन्छ |
नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान तथा वंगलादेशमा एस्ता अद्भूत रचनाहरू राईछाई छन् | मुस्लिम आक्रमणकारीहरूले क्षति पुर्याए पनि आज पनि धेरै पुरातात्विक महत्वका भवन, मन्दिर, मूर्ति, कुवाहरू जीवन्त नै छन् | ई जीवन्त पुरातात्विक महत्वका विषयहरू आफैमा विश्वविद्यालय भन्दा कम छैनन् | यी कलाकृतिको अध्ययन गरेर आधुनिक इन्जिनियर तथा आर्किटेक्टहरूले विश्वलाई नेपाली वास्तुविज्ञान निर्यात गर्न सक्छन् |
जरोकिलोले तेसै प्राचीनतातिर फर्केर अनुसन्धान गर्न अभिप्रेरित गरेको होइन |