नारीवाद



डा.गोविन्दशरण उपाध्याय

मेरो दृष्टिमा सम्भवत: पितृसत्तात्मक वा पितृप्रधान शब्द पनि नारीवादीहरूले लेखेका हुन् | धनिहरू गरिवको पसीनामा बाँच्नेहुँदा गरिवले धनिको सम्पत्ति खोस्नुपर्छ | खोस्ने र जोगाउने बीचको सङ्घर्षलाई कार्लमार्क्सले “वर्गसङ्घर्ष” भनेर बुझाए | नारीवादले पनि “पुरुषलाई धनि र महिलालाई गरिव”मा रुपान्तरित गर्दै पुरुष र महिलालाई दुई सङ्घर्षरत वर्गमा अर्थ्याए | नारीवादको आधुनिक रूप बन्यो | मानववाद वा मानवतावादबाट नारीलाई अलग्याएर “नारीवाद” बन्यो |

धनको उपयोग मान्छेले आफ्नो र आफन्तको सुख-सुविधाका लागि प्रयोग गर्छ | धन साध्य हुँदैन केवल साधनमात्र हुन्छ | मान्छेहरू धन नभए पनि जीवित रहन सक्छन् | पशुहरूका लागि धनको कुनै उपयोगिता छैन तर स्त्रीलिंग र पुलिंगको काम छ | किनभने स्त्रीलिंग र पुलिंग एकआपसमा परनिर्भर छन् | एकआपसमा अविभाजित सम्वन्ध भएका छन् | नारीको नारीत्व र पुरुषको पुरुषत्व प्राकृतिक रूपमा पूर्वनिर्धारित छ | व्यक्तिगत अस्तित्व फरक भए पनि “भविष्यको अस्तित्व” नारी र पुरुषको सार्वजन हितायको निर्माणले निर्माण हुन्छ | आजसम्म यसको विकल्प छैन |

जहाँसम्म सत्ताको प्रश्न हो – सत्ता वा अस्तित्वरहित अवस्थाको कसैले पनि कल्पना गर्न सक्दैन | महिला र पुरुष प्रकृतिले पहिले नै निर्धारित गरेको सत्ता हो | मूलत: नारीवादको अतिवादी स्वरूप पुरुषको विकल्प खोज्ने वा सहकार्यमा बालबालिका जन्माउने तथा हुर्काउने कुरालाई अस्वीकार गर्नु हो भने सामाजिक स्वरूपचाहिं महिलाले आत्मसम्मान, सुरक्षा तथा अवसरहरूको समान उपयोग गर्ने वातावरण सृजना गर्नु हो | दोस्रो तहको समस्याको सम्बोधनका लागि मुस्लिम-समुदाय वाहेकका समुदायहरू सहमत हुन्छन् |

मूलत: नारीवादको अतिवादी स्वरूप पुरुषको विकल्प खोज्ने वा सहकार्यमा बालबालिका जन्माउने तथा हुर्काउने कुरालाई अस्वीकार गर्नु हो भने सामाजिक स्वरूपचाहिं महिलाले आत्मसम्मान, सुरक्षा तथा अवसरहरूको समान उपयोग गर्ने वातावरण सृजना गर्नु हो |

जहाँसम्म पहिलो परिणामको कुरा हो – महिलाका विषयमा मुस्लिम सोच र यो सोचमा कुनै फरक छैन | व्यक्तिगत रूपमा कसैको सोचमा नियन्त्रण गर्न सकिन्न तर फैलिंदै जाँदा सलाईको काँटीको आगोले अस्ट्रेलिया जलिरहेको हो भन्न मिल्छ | असहमति भन्दा असहमतिलाई लक्ष बनाउनेहरूसंग कुनै प्रकारको सम्झौताको सम्भावना रहन्न | यदि मान्छेको संसार केवल पुरुष वा महिलाले एक्लै निर्माण गर्ने हो वा भविष्यमा यस्तो कुनै सम्भव भयो भने मेरो यो सोच बदलिनुपर्छ | नत्र भने महिलावाद पनि पुरुषवाद भन्दा कुनै पनि अर्थमा कम घातक र विनाशकारी हुँदैन |

नारीहरूले आफ्नो आत्मसम्मान, सुरक्षा तथा समानअवसरका लागि यदि आवाज उठाएका छन् भने निश्चयनै वर्तमान वा विगतको सामाजिक संरचनाले महिलासंग भेदभाव गरेकै छ | महालक्ष्मी, महाकाली, महासरस्वती वा अन्य देवीहरूको गाथा देखाएर महिलाहरूलाई थुम्थुम्याउने काम एकप्रकारको धोका नै हो | मनोविज्ञान भन्छ – जव कुनै व्यक्तिलाई लामो समयसम्म एकै प्रकारको वातावरणमा राखिन्छ, अन्तन्त: त्यही वातावरणलाई उसले आफ्नो भाग्य ठान्छ | पुस्तान्तरणबाट त्यो भाव अझैं बलियो हुन्छ | मैले आफ्ना हजुरवासंग सुनेको थिएँ कि चन्द्र शमशेरले कमारालाई मुक्ति दिंदा केही कमाराहरूले त्यस्तो मुक्तिलाई स्वीकार गरेका थिएनन् | किनभने उनीहरूसंग अर्को कुनै विकल्प थिएन |

नारीहरूले आफ्नो आत्मसम्मान, सुरक्षा तथा समानअवसरका लागि यदि आवाज उठाएका छन् भने निश्चयनै वर्तमान वा विगतको सामाजिक संरचनाले महिलासंग भेदभाव गरेकै छ |

अधिकार, सुरक्षा तथा समानअवसरको अर्थ, महत्व र प्रयोजन सचेत नागरिकहरूले बढी बुझेका हुन्छन् | आफुले बुझेको तत्थ्यहरू कथ्यका रूपमा आफुसरहका बीचमा प्रवाहीकरण गर्ने उनीहरूमा क्षमता हुन्छ | यदि कुनै महिलाले उठाउँछन् भने उचित नै हो | आँखा नदेख्नेहरूको आँखा बन्नु ठूलो पुण्यको कुरा हुन्छ | तर यदि यही कुरा पुरुषप्रति केवल घृणाप्रकट गर्ने आधार वा आफु परिचर्चामा रहने सिंडीका रूपमा प्रयोग हुन्छ भने निकै पीडादायक र हिंसक वन्न सक्छ | घृणाले घृणा जन्मिन्छ, युद्धले युद्ध जन्मिन्छ र प्रेमले प्रेम नै बढ्छ | नारीको बुझाईका सवालमा पुरुषको बुझाई अपूर्ण हुन्छ तर अपूर्ण बुझाईलाई तिरस्कार गर्न मिल्दैन |

कार्लमार्क्स र एंगेल्सप्रति श्रद्धा व्यक्त गर्छु कि इसाई कट्टरपन्थीहरूले निर्धारित गरेको “नारीलाई वस्तु ठान्ने” विश्वासलाई उहाँको विचारले भताभुंग वनाईदियो | मार्क्सवादले इसाई समाजको “नारी बस्तुवादी दृष्टिकोण”का जरोमा प्रहार गर्यो | त्यसपछि नारीहरूले पश्चिमा समाजसंग बिद्रोह गरे | यो बिद्रोहलाई पुरुषप्रतिको घृणाका रूपमा नारीहरूले बुझ्नु र पुरुषलाई अपराधिका रूपमा पहिचान गरेर अधिकार खोज्नु – कार्लमार्क्स र एंगेल्सको अक्षम्य अपराध हो | यसको अर्थ, पुँजीवादीहरू पवित्र वा निर्दोष छन् भन्ने प्रमाणित हुँदैन | कार्लमार्क्सको “निषेध-सिद्धान्त”ले एकअर्कालाई निषेध गर्ने मनोविज्ञानको मात्र विकास गरेन अपितु निषेध गरिएको वस्तु वा सिद्धान्तलाई जरैदेखि उखालेर फाल्ने कामलाई मात्र “अधिकार-प्राप्ति” मान्ने दर्शनको विकास गर्यो | नारीवाद यहाँ भ्रमित भएको छ, मार्गच्यूत भएको छ |

नारी तथा पुरुष वर्ग होइनन् | यी बीचको सङ्घर्षलाई “वर्ग-सङ्घर्ष”का रुपमा बुझ्ने र यसैलाई बंग्याएर व्याख्या गर्नेहरू प्रति मेरो सद्भावना छैन | मान्छेको रगत मान्छेलाई मिल्छ | त्यो रगत चाहे पुरुषको होस् वा महिलाको, रोगीलाई केही फरक पर्दैन | मुख्य कुरा विभेदको हो, वर्गसङ्घर्षको पटक्कै होइन | “पुरुष र महिला दूई फरक मानव प्रजाति हुन्” भनेर ब्याख्या गर्ने फ्रेन्च लेखिका सिमोनले नारी र पुरुषमा भ्रम उत्पादन गरेकी छिन् | उनको यो भ्रमले नारी र पुरुषको प्राकृतिक सम्बन्धमा घृणाको वृद्धि भएको छ | आजीविकाको लागि नारीवादको ब्याख्या गर्नेहरूले यसलाई थप विकृत तुल्याएका छन् |

“पुरुष र महिला दूई फरक मानव प्रजाति हुन्” भनेर ब्याख्या गर्ने फ्रेन्च लेखिका सिमोनले नारी र पुरुषमा भ्रम उत्पादन गरेकी छिन् |

वर्गसङ्घर्षलाई नै नारीवाद ठान्ने महिला तथा पुरुषहरूको अविवेकी हुल मसंग पनि आइपुगेको छ | फलत: नारीवाद वा नारीका विषयमा असल कुरा बोल्दा वा लेख्दा नारीवादीहरूको पीडक स्वरूप मभित्र पस्छ र तर्साउने गर्छ | मलाई थाहा छ, वर्गसङ्घर्षवादी नारीवाद भित्र घृणा भरिएको छ | मैले नै सम्मान गरेपनि तिनको शब्दकोशमा यी शब्द छैनन् | तर मेरो नारीवाद वर्गसङ्घर्षबाट होइन प्रेमबाट आरम्भ हुन्छ र मेरो विश्वासले भन्छ – विश्वका सबै नारीवादीसगं मेरै सोच छ | यो तत्थ्य र मर्म स्वीकार गर्नेहरूका लागि अधिकार, समानअवसर तथा सुरक्षा सहजमा घटीत हुन्छ, होइन भने मृतकहरूको सम्झना गर्दै पुन: सङ्घर्षमा फर्किनु पर्छ |

“वाद” एउटा दार्शनिक शब्द हो जुन धेरैपछि रचना भएको हो | आजभोली हरेक फरक विचारलाई वादको आवरण दिने गरिन्छ | नारी आफैमा कुनै “वाद” होइन | नारी आफैमा शक्तिशाली चेतना हुन् | प्रकृतिले दिएका खास शक्ति तथा क्षमताका कारण नारी ठ्याक्कै पुरुषसरह छैनन् र हुनु आवश्यकता पनि छैन | आजको नारीवादले यो प्राकृतिक रचनामा अतिक्रमण गर्न चाहेको छ | नारीलाई अवला भन्नुको अर्थ बलहीन ठान्ने नारीवादले घृणालाई उत्साहित गर्छ | नारी साच्चिकै अवला हुन्छे जतिवेला उसको उदारमा नयाँ मान्छे निर्मित भैरहेको हुन्छ | यदि कुनै नारीवादले नारीको यो प्राकृतिक अवस्था र व्यबस्थासंग घृणा गर्छ भने त्यस्तो नारीवादप्रति सहमति व्यक्त गर्न जरूरी छैन | नारीवादभित्रको यो विकृत चिन्तन हो |

नारी साच्चिकै अवला हुन्छे जतिवेला उसको उदारमा नयाँ मान्छे निर्मित भैरहेको हुन्छ |

नारी र पुरुष दूवैको सहयोगमा मान्छेको संसार चलिरहेको छ | न पुरुषलाई देवत्वकरण गर्ने आवश्यकता छ नारीलाई देवत्वको आवश्कता नै छ | नारी वाहक शक्ति भएकाले उसको सुरक्षा बढी आवश्कता छ त्यही बाहक शक्तिका कारण गरिने असमानता समाप्त हुनुपर्छ | अधिकार भने समाज, परिवेश तथा मान्यताका आधारमा निर्धारित हुँदा महिलाले उपयोग गर्ने अधिकार र पुरुषले उपभोग गर्ने अधिकारमा भिन्नता हुन्छ नै | नारी-मानवका रूपमा एउटी उपभोग र उपयोग गर्न पाउने अधिकारहरू कुनै पनि वहानामा अवरुद्ध हुनुहुँदैन | यदि नारीवादको घृणावादी चिन्तनलाई अगाडी बढाइयो भने आजको १५० वर्षपछि पुरुष अहिलेकी नारीको ठाउँमा धकेलिने छ | त्यसपछि नारीहरू विरुद्ध पुरुषहरूले पुरुषवादको उत्थान गर्ने छन् |

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय, त्रिचन्द्र क्याम्पसमा दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा