यसकारण भयो कोहलपुर तनावग्रस्त



नेपालगंज । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो । दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ट्रकमा आगो लगाइदिएका छन् ।

प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिरहेको छ । झडपमा केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भएका छन् । आक्रोशित विद्यार्थीहरुले सडकमा रहेका गाडीमा समेत ढुङ्गा प्रहार गरेका छन् ।

कोहलपुरबाट नेपालगञ्ज आउँदै गरेको मालवाहक ट्रकले विद्यालयमा अध्ययनरत विद्यार्थी चन्दलाई ठक्कर दिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । जेब्राक्रसिङ नजिकबाट सडक पार गर्ने क्रममा सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा प्रकृतिलाई केही परसम्म घिसारेर लगेको थियो । दुर्घटनामा प्रकृतिका बुबासमेत घाइते भएका प्रहरीले जनाएको छ ।

स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । आक्रोशित विद्यार्थीले नेपालगञ्ज–कोहलपुर रुटमा चलेका दर्जन गाडीमा तोडफोड गरिदिएका छन् ।

दुर्घटनापछि कोहलपुरमा धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । विद्यार्थीलाई प्रहरीले लाठी प्रहार गरेपछि आक्रोशित स्थानीय बासिन्दा र अभिभावक पनि भीडमा मिसिएका छन् । प्रहरीले भीडलाई हटाउन हवाई फायरसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।