पशु बधस्थल सुधारका लागि यस्ता छन् समस्या



काठमाडौं । घरधनी र मासु व्यवसायीबीच कुरा नमिल्दा काठमाडौं महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका पशुबधस्थलहरुको सुधार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

सोमबार महानगरको कृषि तथा पशु सेवा विभागको अगुवाईमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग, नागरिक न्यायिक उपभोक्ता मञ्चसहितको अनुगमनका क्रममा विष्णुमती नदी किनाराका व्यवसायीले यस्तो गुनासो गरेका हुन् ।

‘हाम्रो व्यवसाय सुधार गरेर राम्रो बनाउन हामीलाई पनि मन छ, तर घरधनीले जग्गा लिजमा दिनका लागि सम्झौता गरेको छैन । सम्झौता गरिदिनोस् भन्दा मान्नुहुन्न । गणेश रोय नेवाः क्वालिटी मिट सपका सञ्चालक सबिक शाही भन्छन्, आज लगानी गरेर संरचना बनाउँला, भोलि उठेर जानोस् भन्ने डर छ । कसरी लगानी गर्नु?’ क्वालिटी फ्रेस एण्ड फ्रोजन मिट प्रा. लि.का बिनोद खड्गीले सरकारले यस व्यवसायलाई व्यवस्थित बनाउन सहयोग गर्नुपर्ने बताए ।

अनुगमन टोली बधस्थलमा आएको देखेपछि छिमेकीहरुसमेत भेला भएका थिए । उनीहरुले भने, ‘व्यवसाय नगर्नु हामीले भनेका छैनौं तर, व्यवसाय गर्ने नाममा हामीलाई समस्यामा पार्नु भएन । लादी भरिएर ढल टालिन्छ, घरभरि ढल छिर्छ । दुर्गन्धले घरमा बस्न नसक्ने हुन्छ । राती ११÷१२ बजेसम्म भैसी ल्याउने । १/२ बजेदेखि बध गर्न थाल्ने । ग्याँस बालेर डढाउन थाल्दा जहाज आएको जस्तो हुन्छ । कसरी सुत्नु?’

बिष्णुमती नदी किनारामा रहेको लिङ्करोडभन्दा माथिल्लो भेगमा पशु पधशाला छन् । पहिले खोलाकै किनारामा पशु वध हुन्थ्यो । अहिले कम्तीमा टहराभित्र काम हुन्छ । केही सुधार त भयो तर यसले पुग्दैन । वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ भन्छन् — अहिले घरधनी र व्यवसायीका बीचमा कुरा नमिलेको देखिएको छ । उहाँहरुलाई एक ठाउँमा ल्याएर छलफल गराउँछौं । त्यसपछि व्यवसाय सुधारका लागि व्यवसायीसँग कुरा गर्छौ ।

अनुगमनमा गएका वडा सदस्य चन्द्रमान डंगोलका अनुसार वडा १९ भित्र सानाठूला गरी करीब ३५ वटा पशु बधस्थल छन् । पशु वध कार्यलाई व्यवस्थित बनाउन नसक्दा वातावरणमा नकारात्मक असर परेको छ ।

अनुगमनका क्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले भने — जनस्वास्थ्यमा तत्काल असर पुर्याउने भएकोले पनि मासुजन्य उत्पादनलाई नियमन गर्नुपर्छ ।

टोली सोमबार बिहान पाँच बजे नै बिष्णुमती नदी किनारामा रहेका पशुबध स्थलमा पुगेको थियो । शुरुवात्मा वडा १२ मा रहेको ह्युमत सामुदायिक पशु बधस्थलमा पुगेको थियो । अनुगमनका क्रममा पशुको स्वास्थ्य, पशु बध गर्ने तरिका, मासु छुट््याउने तरिका, सरसफाइ, भण्डारण र ढुवानी जस्ता पक्ष हेरिएको थियो ।

ह्युमत पछि वडा १९ क्षेत्रमा भएका करीब १० वटा बधस्थलको अवस्था हेरिएको थियो । यी स्थानमा बध गर्ने तरिका, सरसफाइजस्ता आधारभूत पक्षमा नै कमजोरी भेटिएको थियो । अनुगमनका क्रममा रोगी भेटिएका पाडालाई समूहबाट छुट््याएर अलग्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवन राष्ट्रिय निकुञ्जमा यसवर्ष ६ वटा बाघ मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ६ वटा बाघ मृतावस्थामा

वनमा डढेलो लागेपछि बस्तीमा छिरे वन्यजन्तु

सिरहा । एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

ललितपुर । ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ

कालीकोटका किसानलाई गोठालो भत्ता !

मान्म (कालीकोट) । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको