अग्नि नियन्त्रकलाई प्रोत्साहन हुने नीति ल्याइने



काठमाडौं । काठमाडौं महानगरको अग्नि नियन्त्रण शाखा (जुद्ध बारुण यन्त्र कार्यालय) ले आगो नियन्त्रण, खोज तथा उद्धार सम्बन्धि सञ्चालन गरेको ७ दिने आधारभूत तालिम सकिएको छ । तालिममा काठमाडौं महानगरका ६ जना नगर प्रहरी, शशस्त्र प्रहरीबाट ४ जना र डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाबाट ४ जना गरी १४ जना अग्नि नियन्त्रक सहभागी थिए ।

तालिममा आगोको परिचय, आगोको बिज्ञान र प्रकार, आगो नियन्त्रण गर्ने उपकरण र बिधि, आगलागीका समयमा अपनाउनु पर्ने सावधानी, धुँवा भरिएको स्थानमा अग्लो स्थानमा आगो नियन्त्रण गर्ने सीप, फायर इस्टिङ्ग्वीसरको प्रयोग, आत्म सुरक्षाका सामाग्री र सीपसँगै खोज तथा उद्धारको आधारभूत सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको थियो । तालिममा सिकेको ज्ञानलाई प्रयोगात्मक अभ्यास पनि गराइएको थियो ।

तालिम समापन अवसरमा बोल्दै महानगरको विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले शरीरभन्दा बढी पेशाको माया गर्ने अग्नि नियन्त्रकहरुलाई आत्मसम्मान हुने गरी महानगरले कार्यक्रम अघि सार्ने बताए ।

उनले भने, ‘यो जटिल प्रकृतिको काम हो । साइरन बजाएर सडकमा आउँदा पनि सवारी जाम र नागरिकको अटेरीपनले समयमा घटना स्थलमा पुग्न नसकिने अवस्था छ । घटनास्थलमा पुगिसकेपछि पनि काम गर्न सजिलो छैन । आफ्नै सरीर जोखिममा राखेर अग्नि नियन्त्रकले काम गर्छन् । महानगरले अग्नि नियन्त्रण तथा खोज उद्धार सम्बन्धि आन्तरिक व्यवस्थापन मजवुत गरेर अन्य नगरलाई पनि श्रोत, सीप र प्रबिधिले सहयोग गर्छ । ’

अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाले काठमाडौं दमकलका अग्नि नियन्त्रकलाई जोखिमसँग लड्न सक्ने बनाउन नियमित क्षमता विकासका कार्यक्रमको खाँचो रहेको बताए ।

कार्यक्रममा तालिमका सहभागी अमरगढी नगरका अग्नि नियन्त्रक मीमबहादुर ऐरले तालिम पाएपछि आगो नियन्त्रणका लागि हिम्मत बढेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास