दुईवर्ष भित्रमा विज्ञान प्रविधिमा ठूलो सुधार हुने



काठमाडौं । नेपालले अब विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउने उद्घोष गरिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा आबद्धविद्धत समूहबाट यस्तो उद्घोसा गरिएको हो ।

विश्व विज्ञान दिवसको अवसरमा काठमाडौंमा आयोजित “विज्ञान प्रविधि र मानवता“ विषयक गोष्ठीमा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का उपकुलपति प्रा.डा. सुनिलबाबु श्रेष्ठले नेपालले अब आफ्नो परम्परागत र आधुनिक दुबै खालका प्रविधिलाई विकसित गर्दै अधि बढ्नुपर्ने बताए ।

उनले भने, “यी दुबैको सन्तुलित विकासको आधारमा नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउने छ।“ उनले विज्ञान प्रविधिको क्षेत्रमा भएका नयाँ नयाँ अध्ययन अनुसन्धान र त्यसमा सरकारले देखाएको चासोले आफू उत्साहित भएको बताए ।

नास्टले वैज्ञानिक र अनुसन्धानकर्ताहरूलाई आवश्यक पर्ने सबै खाले सहयोग गरिरहेको दाबी गरे । आगामी दुई वर्ष भित्रमा नेपालले ग्लोवलाइनोभेसन इन्डेक्समा हालको १०९ बाट दोहोरो अङ्कमा झर्ने विश्वास व्यक्त गरे ।

पूर्वमन्त्री गणेश साहले अब विज्ञान तथा प्रविधिको क्षेत्रमा विविध किसिमको लगानीको अभियान सुरु गर्नुपर्ने बताए ।
नास्टका पूर्व उपकुलपति प्रा.डा. जीवराज पोखरेलले नेपाल इतिहासदेखि नै विज्ञान प्रविधिमा आइरहेको प्रत्येक नवीनतम विकासले मानिसमा मानवताको भावनामा उत्थान आएको बताए ।

विविध ऐतिहासिक दृष्टान्त प्रस्तुत गर्दै प्रा.डा. पोखरेलले अब नेपालमा विज्ञान प्रविधिको सन्तुलित विकासको सम्भावना रहेको बताए । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. किशोरकुमार राजभण्डारीले विषय प्रवेश गर्दै विज्ञान प्रविधिबाट मानव समृद्धि ल्याउन मानिसहरू मोरल इनोभेटिभ लिडर्स हुनुपर्ने बताए ।

अर्का वक्ता डा. प्रमोद ढकालले हिन्दू दर्शन विज्ञान र प्रविधिको अवधारणामै आधारित भएको बताए । नेपाल साइन्स ओलम्पियाडका अध्यक्ष मदन शाक्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रा.डा. रामेश्वर अधिकारीले युवाहरूलाई भविष्यमा विज्ञान प्रविधिमा अगाडि बढ्नेसूत्र बताएर उत्प्रेरित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

अवैध रूपमा भिओआइपी सञ्चालन गर्ने दुई पक्राउ

काठमाडौँ । अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा काठमाडौँबाट

‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवाद चाँडो टुङ्ग्याइदिन ऊर्जा मन्त्रीको आग्रह

  काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रङ्क’लाइनको

कलेजो प्रत्यारोपण: पुरुष लिन्छन्, महिला दिन्छन्

भक्तपुर । विश्वमा कठिन मानिएको कलेजो प्रत्यारोपणमा नेपालले सफलता हासिल गर्दै गएको छ