केकी अधिकारी अभिनित भोजपुरी गीत ‘हमनिके भागिया’



काठमाडौँ । भोजपुरी लोकप्रिय गायिका इन्दु सोनालीको सुमधुर स्वरमा भोजपुरी गित ‘हमनिके भागिया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत प्रख्यात छिन् ।

उपेन्द्र सहानीको शब्दमा सुप्रसिद्ध संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गीत ‘हमनिके भागिया’ को म्युजिक भिडियोलाइ आलोक शुक्लाले छायांकन गरेका हुन् भने निर्देशक पुर्णेन्द्रु झाले निर्देशन गरेका छन् । भिडियोमा लोकप्रिय नायिका केकी अधिकारी र विजय यादव निर्जिवको सशक्त अभिनय रहेको छ भने म्युजिक भिडियोको परिकल्पनाकार तथा निर्माता प्रभु शाह रहेका छन् । संगीतकार शिखर सन्तोषले चर्चित भोजपुरी चलचित्र, दर्जनौ भोजपुरी गित तथा बलिउडका चर्चित गायक गायिकाहरुको लागि संगीत भरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नुरगङ्गा प्रतिभा पुरस्कार राजु परियारलाई

काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले एक लाख राशिको नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार

गायनतर्फ शिव परियारलाई छिन्नलता पुरस्कार

  काठमाडौँ ।   छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत

‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा