जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु



काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक संवाद कार्यक्रमको सुरु गरेको छ ।

राज्यको सेवा प्रवाहको पहुँचमा नपुगेका, उपेक्षित समुदायसँग प्रहरीले  अन्तर संवाद गर्ने, आपसी विश्वास बलियो बनाई उनीहरुबाट भइरहेका वा हुनसक्ने गैह्रकानुनी तथा आपराधिक घटनामा कमी ल्याउने उद्देश्यले उक्त संवाद आयोजना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।

उनले भने, “आफ्नो, पेसा, व्यवसायमा व्यस्त हुने, जो प्रहरी कार्यालयसम्म आफ्ना गुनासाहरु लिएर आउन सक्नु हुन्न उहाँहरुलाई लक्षित गरी यो संवाद आयोजना गरिएको हो, नागरिकलाई परेका समस्यामा हामी समाधानका लागि अग्रसर हुने छौँ ।”

प्रहरी परिसर काठमाडौँको क्षेत्रभित्र लक्षित समूहलाई पायक पर्ने स्थानमा  छ चरणमा संवाद गरिने प्रमुख खत्रीले बताए । आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा भएको सडक संवादमा उपस्थित लक्षित वर्गका सहभागीले आफ्ना समस्या खुलेर राखेका थिए ।

कतिपयले आफूहरुमाथि कुटपिट हुने, लुटपाटका घटना हुने र प्रहरीलाई खबर गर्दा पनि पक्राउ नपरेको दुःखेसो सुनाएका थिए । नेपालको संविधानले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत तथा राज्यको पहुँच बाहिरका समुदायलाई विशेष प्राथमिकतामा राखी सेवा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।

सोही अनुसारका लक्षित वर्गलाइ केन्द्रित गरी रोडसाइड रोलकल सडक संवाद सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

उनले भने, “उहाँहरुको गुनासो, पीरमर्का र समस्याको सुनुवाइ गर्दै सामाजिकीरणको मूल प्रवाहमा ल्याउन जरुरी छ ।”

कार्यक्रमका सहभागीले उठाएका प्रश्नको जवाफ दिँदै जिल्ला प्रहरी परिसर प्रमुख खत्रीले राज्यले प्रदान गरेको अभिभारा पूरा गर्न नेपाल प्रहरी सङ्गठनले व्यावसायिक निष्ठाका साथ अधिकतम प्रयास गर्दै आएको बताए ।

प्रहरीले अपेक्षित सफलता प्राप्त गर्दै आइरहेको समेत उनको भनाइ थियो । उनले भने, “समुदायका सदस्यहरुबाट सामाजिक सचेतना एवं कानुनी ज्ञानको अभावमा जान/अन्जान बाट हुन सक्ने आपराधिक कार्यलाई घटाउन सके समग्र काठमाडौँ जिल्लाको शान्ति सु–व्यवस्था सुदृढ हुने देखिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
  प्रहरी प्रवक्तामा एसएसपी कार्की

काठमाडौँ ।   नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की

नेपाल प्रहरीका दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

  काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र दुई प्रहरी

नेपाल प्रहरीका डीआइजीद्वय जोशी र ढकाल एआइजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई डीआइजीमा बढुवा

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष