इन्टरपोल सोटेरिया परियोजनाअन्तर्गत सञ्चालित प्रशिक्षण कार्यक्रम सम्पन्न



काठमाडौँ । इन्टरपोल महासचिवालयद्वारा इन्टरपोल परियोजना सोटेरिया परियोजनाअन्तर्गत सञ्चालित दुईवटा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएका छन् ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रहरी प्रधान कार्यालयमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रमबीच उक्त प्रशिक्षण समापन गरिएको हो । साथै उनले दुवै प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले विभिन्न एजेन्सीबीचको सहकार्य महत्त्वपूर्ण रहेको चर्चा गर्दै यी प्रशिक्षणले विचार र अभ्यासको आदानप्रदान गर्नुका साथै सहयोगी भावनालाई थप प्रगाढ बनाउने बताए । अन्तर्राष्ट्रिय र सङ्गठित अपराधविरुद्धको लडाइँमा संयुक्त प्रयासको आवश्यकता भएको तथा त्यस्ता पहलमार्फत बढाइएको सहकार्यले नेपाललाई मात्र नभई इन्टरपोलका सबै सदस्य राष्ट्रलाई फाइदा पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले अन्तर–सङगठनात्मक प्रशिक्षण कार्यक्रमले प्रशिक्षार्थीको क्षमता अभिवृद्धि गर्नुका साथै कार्यस्थलमा एकता र अनुकूल वातावरण सिर्जना गर्न मद्दत गर्ने उल्लेख गरे ।

दातृ निकायमा संलग्न व्यक्तिबाट हुनसक्ने यौनजन्य दुव्र्यवहारको रोकथाम गर्ने प्रयोजनार्थ उक्त परियोजनाअन्तर्गत सीमा व्यवस्थापन अधिकारीहरूका लागि सोटेरिया परिचालन प्रशिक्षण विषयक र इन्टरपोल प्रहरी क्षमता कार्यक्रम विषयक प्रशिक्षण कार्यक्रम यही माघ २ गतेबाट सञ्चालन भएका थिए ।

उक्त प्रशिक्षणमध्ये त्रिभुवन विमानस्थल कार्यालय गौचरनमा सञ्चालन भएको प्रहरी क्षमता कार्यक्रम सीमा व्यवस्थापन अधिकारीहरूका लागि सोटेरिया परिचालन विषयक प्रशिक्षणमा नेपाल प्रहरीका १३ अधिकृत र अध्यागमन विभागका सात अधिकृत गरी जम्मा २० जना सहभागी थिए ।

साथै नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सञ्चालन भएको इन्टरपोल प्रहरी क्षमता कार्यक्रम विषयक प्रशिक्षणमा नेपाल प्रहरीका २० जना अधिकृतको सहभागिता रहको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुवै प्रशिक्षणमा इन्टरपोल परियोजना सोटेरियाअन्तर्गतबाट पाँचजना प्रशिक्षकबाट प्रशिक्षण प्रदान गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका डीआइजीद्वय जोशी र ढकाल एआइजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई डीआइजीमा बढुवा

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष

सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा, कसको कहाँ ?(सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका १६ सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा

इन्डोनेसिया प्रहरीको इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख नेपालमा

काठमाडौं । इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आईजीपी कृष्ण