प्रधानसेनापति शर्मा र भारतका कार्यवाहक राजदूतबीच भेटवार्ता
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतका कार्यवाहक राजदूत नाम्ग्या खाम्पाबीच ज्रगी अड्डास्थित सेनाको मुख्यालय भेटवार्ता भएको छ।
बिहीबार सैनिक मुख्यालयमा भएको भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ।