शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम



काठमाडौं । शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम आइतबारदेखि सुरु भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा आयोजित सातौँ समूहको उक्त तालिमको रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गरे ।

राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामबारे ज्ञान र बुझाइ आदानप्रदान गर्ने तालिमको उद्देश्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तालिम शुभारम्भ गर्दै रक्षा सचिव शर्माले राष्ट्रिय रणनीतिक योजना र नीति तर्जुमा गरी कार्यान्वयन गर्न गैरसैनिक एवं सुरक्षासँग सम्बन्धित निकायबीचको समझदारी अभिवृद्धि गर्न तालिमबाट योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले तालिमको महत्वबारे जानकारी गराए । आगामी चैत ११ गतेसम्म सञ्चालन हुने तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, विभिन्न मन्त्रालय, नेपाल रेडक्रसका वरिष्ठ अधिकारी र सञ्चारकर्मीसहित २७ जना सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रकमा राखेर सैनिक मुख्यालयबाट सेनाको हेलिकप्टर त्रिभुवन विमानस्थल लगिँदै

नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा

प्रहरीमा अब ३० वर्षे सेवा अवधि हटाइने, प्रहरी जवान १६ वर्षमा अवकासमा जान पाउने

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधन र एकीकरण

जङ्गी अड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आजदेखि ‘नेपाली सेना फोटो तथा वृहत्

पछिल्लो समय आपराधिक घटनामा वृद्धि, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।