केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा चुनौतीका विषयमा छलफल



काठमाडौं । आसन्न निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै सरकारले सुरक्षा अवस्थाका बारेमा छलफल गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको हो ।

बैठकमा राष्ट्रियसभाको निर्वाचन तथा आसन्न स्थानीय तहको निर्वाचनमा गरिने सुरक्षा तयारीका बारेमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाख महिनामा गर्न प्रस्ताव गरेको छ ।

यद्यपि सरकारले निर्वाचनको मिति तय भने गरेको छैन । बैठकमा तराई–मधेसका क्षेत्रमा सिके राउत समूहका गतिविधिले सुरक्षा चुनौती थपेको निष्कर्ष पेश गरिएको थियो । “समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका बारेमा समितिमा छलफल भयो”, उनले भने । समितिको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतका उच्च अधिकारी उपस्थिति थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रकमा राखेर सैनिक मुख्यालयबाट सेनाको हेलिकप्टर त्रिभुवन विमानस्थल लगिँदै

नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा

प्रहरीमा अब ३० वर्षे सेवा अवधि हटाइने, प्रहरी जवान १६ वर्षमा अवकासमा जान पाउने

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधन र एकीकरण

जङ्गी अड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आजदेखि ‘नेपाली सेना फोटो तथा वृहत्

पछिल्लो समय आपराधिक घटनामा वृद्धि, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।