लेवनानमा नेपाली शान्ति सैनिक सामाजिक कार्यमा सहभागी



काठमाडौं । संयुक्त राष्ट्रसङ्घ ७६औँ स्थापना दिवसका अवसरमा लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकले विभिन्न जनहित कार्य गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लेवनानमा तैनाथ बर्दबहादुर गण (शा.से.) ६२औँ डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्रका जनतालाई स्वास्थ्य, शिक्षा, वातावरण र आर्थिक क्षेत्रमा सहयोग पुर्याएको हो ।

नेपाली सैनिकको चिकित्सक टोलीले स्थानीय हउला र माज्दल स्लिम नगरपालिकास्थित सरकारी विद्यालयमा दाँत र मुखको हेरचाहसम्बन्धी सचेतना कक्षा सञ्चालनका साथै झण्डै २०० विद्यार्थीलाई शैक्षिक सामग्री र डेण्टल हाइजिन कीट प्रदान गरेको छ ।

‘हरियाली लेवनान’ अभियानअन्तर्गत स्थानीय तलुसा नगरपालिकामा जैतुन र सल्लाका बिरुवा तथा साक्रा र माज्दल स्लिम नगरपालिकामा स्थानीय हाटबजार लाग्ने करिब ४०० मिटर सडकमा रङरोगनसहितको करिडोर निर्माण गरेको सेनाले जनाएको छ ।

नेपाली शान्ति सैनिकले द्वन्द्वग्रस्त मुलुकको अति संवेदनशील इलाकामा तैनाथ रही आफ्नो कार्य जिम्मेवारीको अतिरिक्त नागरिकलाई पुर्याएको मानवीय सहयोगले समुदाय र शान्ति सैनिकबीच विश्वास एवं सम्बन्ध थप प्रगाढ तुल्याउन योगदान पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रकमा राखेर सैनिक मुख्यालयबाट सेनाको हेलिकप्टर त्रिभुवन विमानस्थल लगिँदै

नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखेर सेनाको मुख्यालय भद्रकालीबाट त्रिभुवन विमानस्थलस्थित सेनाको हवाइ महानिर्देशनालयमा

प्रहरीमा अब ३० वर्षे सेवा अवधि हटाइने, प्रहरी जवान १६ वर्षमा अवकासमा जान पाउने

  काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐन संशोधन र एकीकरण

जङ्गी अड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आजदेखि ‘नेपाली सेना फोटो तथा वृहत्

पछिल्लो समय आपराधिक घटनामा वृद्धि, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।