एसएसपी राणा डीआईजीमा बढुवाका लागि सिफारिस
काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।
जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम चारको प्रावधानअनुसार बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।