खोप खरिदमा भएको कमिशनको चलखेलबारे छानिबिन गर्न सरकारसँग पूर्वसुरक्षाकर्मी परिषद् नेपालको माग
काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले खोप खरिदमा कमिशनको खेल भएको भन्दै त्यसमा संलग्नलाई कारबाहीको माग गरेको छ । परिषदका संयोजक केवि राउतले विज्ञप्ति जारी गरी कमिशनको नाममा खोप खरिदमा अवरोध गर्नेमाथि कडा कारबाहीको माग गरेका हुन् ।
उनले कोरोना महामारीका कारण जनता अक्सिजन नपाएर मरिरहेका तर सरकार गैरजिम्मेवार भएर प्रस्तुत भएको भन्दै आपत्ति जनाएका छन् । परिषदले जनताको ज्यान जोगाउन अक्सिजन, अस्पतालमा बेड तथा भेन्टिलेटरको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।