वाग्मती प्रदेश प्रहरीद्वारा टेलिभिजन कार्यक्रम संचालन



हेटौंडा । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरीले गरेको गतिविधिलाई जनतासामु सार्वजनिक गर्न पाक्षिकरूपमा टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा ल्याएको छ ।

प्रदेश राजधानी हेटौँडाबाट सञ्चालनमा आएको पहिलो स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड एचडीमार्फत हरेक महिनाको १ र १५ गते प्रसारण हुने गरी कार्यक्रम प्रसारण आरम्भ गरेको हो । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडामा बिहीबार आयोजित टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ कार्यक्रमको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले टेलिभिजनको प्राविधिमार्फत कार्यक्रमको शुभारम्भ गरे ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेशभित्रका सबैखाले सुरक्षा संयन्त्रलाई हरेक प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार गरेको जानकारी दिए ।
पाक्षिकरूपमा आधा घण्टाको ‘प्रहरी दर्पण’ कार्यक्रम नेशनल गोल्ड टेलिभिजनबाट बेलुकी ७ः३० बजे नियमित प्रसारण हुनेछ । उक्त कार्यक्रम वाग्मती प्रदेशअन्तर्गत कार्यरत प्रहरी कर्मचारीहरुबाट नै निर्माण तथा सञ्चालन गरिनेछ । शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आम नागरिकलाई सजग गराउन विभिन्न रचनात्मक तथा सन्देशमूलक सामग्री प्रसारण गर्ने र प्रहरी काम कारवाहीको सम्बन्धमा नागरिकबाट राय सुझाव सङ्कलन गर्न टेलिभिजन कार्यक्रम ‘प्रहरी दर्पण’ सञ्चालनमा ल्याइएको प्रहरीको भनाइ छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले शान्ति सुरक्षा कायम राख्ने तथा अपराध रोकथाम गर्ने सन्दर्भमा आम नागरिकलाई सजग गराउन विभिन्न रचनात्मक तथा सन्देशमूलक सामग्री प्रसारण गरिने योजना रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरीका १६ डीआईजीको सरुवा, कसको कहाँ ?(सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका १६ सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा

इन्डोनेसिया प्रहरीको इन्टरनेशनल रिलेसन्स डिभिजन प्रमुख नेपालमा

काठमाडौं । इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आईजीपी कृष्ण

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट