सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा झापामा सशस्त्र प्रहरी गणको उद्घाटन



काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले आइतबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाको उद्घाटन गरेका छन् ।

२३७ जना रहने सीमा सुरक्षा कार्यालयलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५ अनुसार ६२१ जना रहने गरी गणको रुपमा स्तरोन्नति गरिएको हो । कार्यक्रममा महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दार, अनुशासित, बफादार, नैतिकवान र व्यावसायिक भइ नागरिकको सेवा, सुरक्षा, सहयोग तथा उद्धारमा उच्च मनोवल र दृढ संकल्पका साथ परिचालित हुन निर्देशन दिए ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना, सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशिराज दाहालका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु उपस्थित थिए ।

महानिरीक्षक खनालले आइतबारै झापा जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरी जिल्लाको समग्र वस्तुस्थितिको बारेमा जानकारी लिएका थिए । साथै, झापा जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बोर्डर आउट पोष्टहरुको स्थलगत निरीक्षण तथा अवलोकन गरी बिओपीमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

  काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

प्रधानसेनापति शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

  काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर

नेपाली सेनाको सफा हिमाल अभियान सुरु

काठमाडौं । मुलुकका हिमशिखरहरुका फोहोर संकलन गर्दै व्यवस्थापन गर्दै आएको नेपाली सेनाको सफा