सेनाको मजबुत आधारस्तम्भ भनेकै प्रमुख सुवेदार र ज्येष्ठ सुवेदारः प्रधानसेनापति



काठमाडौं । प्रमुख सुवेदार र ज्येष्ठ सुवेदारको समन्वयात्मक बैठकले सङ्गठनमा स्थापित पद्धति तथा प्रणाली सुदृढीकरणका लागि हरतवरले योगदान पुर्याउने अठोट गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको दुईदिने बैठकले सङ्गठनमा सुदृढ हुँदै गएको पद्धतिलाई परिपक्व र दिगो बनाउने कार्यमा दिलोज्यान दिएर काम गर्ने प्रतिबद्धता जाहेर गरेको हो ।

‘हामी प्रमुख सुवेदार र ज्येष्ठ सुवेदारः पद्धति र प्रणालीको सुदृढीकरण र दीगोपनाको मजबुत आधार’ भन्ने सन्देशका साथ उक्त बैठक आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बैठक समापन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको मजबुत आधारस्तम्भ भनेकै प्रमुख सुवेदार र ज्येष्ठ सुवेदार रहेकाले पद्धति र प्रणालीलाई थप सुदृढ, परिपक्व र दिगो बनाउने सन्दर्भमा महत्वपूर्ण जिम्मेवारी लिन निर्देशन दिए ।

प्रधानसेनापति थापाले भने, “सङ्गठनले अघि सारेका कार्ययोजना कार्यान्वयन हुने तह भनेकै फिल्ड तह भएकाले पदिक तथा अन्य दर्जाको व्यावसायिक क्षमताको स्तरले सेनाको व्यावसायिकता मापन हुनेछ ।” सेवा निवृत्तिपछि विदेश जाने प्रवृत्ति छाडेर नेपालमा नै परिवारका साथमा रही आफ्नो सीप र जागरको सदुपयोग गर्न सकल दर्जालाई प्रेरित गर्न उनले सुझाव दिए ।

सो अवसरमा प्रमुख सुवेदार तथा ज्येष्ठ सुवेदारले आआफ्नो युनिटमा ‘सुदृढीकरण तथा दिगोपना’का लागि यस वर्ष युद्धकार्य तयारीपन, अनुशासन, कल्याणकारी पक्ष, सकल दर्जाको मनोबल बढाउँदै नतिजामुखी उपलब्धि हासिल गर्ने अठोट व्यक्त गरे ।

प्रधानसेनापति कमाण्डको कमाण्ड निर्देशनअनुरुप पछिल्लो वर्षमा जनशक्ति व्यवस्थापन, नेतृत्व विकास, शान्तिसेना छनोट, निवृत्तिभरण, रासनगुणस्तर अभिवृद्धि, शिक्षा, स्वास्थ्य तथा सहुलियततर्फ उल्लेख्य सुधार भएको भनी उनीहरुले हर्ष प्रकट गरे ।

यसअघि उक्त बैठकमा प्रमुख सुवेदार र ज्येष्ठ सुवेदारले सङ्गठनका समस्या र चुनौती, कार्य समीक्षा, वर्तमान वस्तुस्थितिलगायतका विषयमा रायसुझाव प्रस्तुत गरेका थिए । सेनाका विभिन्न फर्मेशन तथा युनिटबाट ८१ जना प्रमुख सुवेदार र वरिष्ठ सुवेदारको उक्त बैठकमा सहभागिता रहेको उक्त निर्देशनालयले जनाएको छ । सेनालगायतका सुरक्षा फौजमा तल्लो तहका सुरक्षाकर्मीको खटनपटन, तालीम, लेखा प्रणाली र राशन व्यवस्थापनलगायतका विषयमा सुवेदारको महत्वपूर्ण जिम्मेवारी हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लियोनमा हुने इन्टरपोलको सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

ढकाल र जोशी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ