भ्रष्टाचारको अभियोगमा सहायकरथी राणासहित तीन सैनिक अधिकारी बर्खास्त



काठमाडौं । समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा एक सहायकरथीसहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबार अदालतले सहायकरथी प्रयोगजङ राणा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने फैसला गरेको हो ।

पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठह¥याउँदै अदालतले सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो । सहायकरथी राणाले एक करोड ५२ लाख २७ हजार तथा महासेनानी सिल्वालले १५ लाख ७९ हजार रकम हिनामिना गरेको ठहर गर्दै अदालतले बिगो बराबरको रकम निजहरुबाट असुल उपर गर्ने निर्णय गरेको छ ।

अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिने निर्णय पनि सुनाएको छ । अभियोगमा अनुसन्धानको दायरामा रहेका महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे (अवकाश प्राप्त) लाई भने अदालतले सफाइ दिने गरी फैसला गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका दुई डीआईजी सिंह र बोहरालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका दुईजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ

बलात्कारका घटना सबैभन्दा बढी कोसीमा, सबैभन्दा कम गण्डकीमा

काठमाडौं ।  नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ ।

भारत भ्रमण सकेर प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

काठमाडौं ।  प्रधानसेनापति अशोकराज सिग्देल भारतको औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका

प्रहरी प्रवक्तामा अधिकारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व