नेपाल प्रहरीको प्रवक्तामा कडायत
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवेर कडायतलाई तोकिएको छ। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रवक्ता तोकिएको हो । एसएसपी कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए। ।