विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न रिलायन्स एकेडेमीमा दुई दिने विज्ञान प्रदर्शनी



काठमाडौं । काठमाडौंको चाबहिलस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीमा दुई दिने विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । बिहीबार उद्घाटन गरिएको मेला शुक्रबार समापन भएको छ । कलेजका विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने र सूचना प्रविधिमा उनीहरुको बुझाइ र क्षमताको खोजी गर्ने उद्देश्यले मेला आयोजना गरिएको रिलायन्स कलेजले जनाएको छ । प्रदर्शनीको राष्ट्रिय आविष्कार केन्द्रका सिनियर मेकानिकल इन्जिनियर रितेश देवले उद्घाटन गरेका थिए । प्रदर्शनी उद्घाटन गर्दै देवले प्रविधिको क्षेत्रमा केही नयाँ काम गर्न चाहने जो कोहीलाई आवश्यक सहयोग गर्न राष्ट्रिय आविष्कार केन्द्र सधैं तयार रहेको बताए ।

रिलायन्स इन्टरनेशनल एकेडेमीका प्राचार्य एवं रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजङ्ग थापाले विद्यार्थीको प्रतिभालाई उजागर गरी उनीहरुलाई राष्ट्रको असल र सभ्य नागरिक बनाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको बताए ।
कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कका बोर्ड सदस्य एवं सिनियर सिए राजु शिवाकोटी तथा रिलायन्स इन्टरनेशनल एकेडेमीका सहायक प्राचार्य नन्दुप्रसाद कुशवाहाले प्रदर्शनीको औचित्यका बारेमा प्रकाश पारेका थिए ।

प्रदर्शनीमा कलेजका विद्यार्थीहरुले निर्माण गरेका इनोभेटिभ साइकल डाइनामो, स्मार्ट सिटी, होलोग्राम, फ्लड (बाढी) अलर्ट सिस्टम, वायरलेस रोबोट, रेन वाटर हार्वेस्टिङ, सर्कुलेटरी सिस्टम, ग्लोबल वर्मिङ डेमो लगायतका विभिन्न प्रस्तुती दिएका छन् । कार्यक्रममा विद्यार्थीहरुले २३ वटा स्टलहरु मार्फत आफ्नो प्रतिभा र सिर्जनशीलता प्रदर्शन गरेका थिए ।

कार्यक्रममा रिलायन्स एकेडेमीका विद्यार्थीले संकलन गरेको ६५ हजार रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई उपलब्ध गराउने घोषणा समेत गरिएको थियो । रिलायन्स इन्टरनेशनल एकेडेमीका प्लस टु का प्रोग्राम कोअर्डिनेटर श्यामकुमार कामतले प्रदर्शनीमा रिलाइन्स पब्लिक, रिलाइन्स को एड, रिलाइन्स इन्टरनेशनल स्कूल, लोयल्टी एकेडेमी, बागमती स्कूललगायतका एक दर्जन स्कूलका विद्यार्थीले प्रदर्शनीको अवलोकन गरेका जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको

नेपाल शिक्षक महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गर्न माग