कोरोना संक्रमणबाट थप तीन गैरआवासीय नेपालीको मृत्यु



काठमाडौं । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरसको सङक्रमणको जोखिम कम नभइसकेकाले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाले साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरबले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि सङ्क्रमण बढाउने भएकाले त्यस्ता कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सिमित सङ्ख्या र सामाजिक दूरी कायम गर्न आग्रह गरे ।

डा सापकोटाले कोरोना सङ्क्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गरे । कोरोना सङ्क्रमणको बढ्दो जोखिमले सर्वसाधारणमा मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उनले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउन आग्रह गरे । मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीत सङ्गीत सुन्न र योग तथा ध्यान गर्न समेत डा सापकोटाले अनुरोध गरेका छन् । ‘कोभिड–१९’ विरुद्ध खोप आगामी जनवरीभित्र सर्वसाधारणको लागि उपलब्ध हुने अपेक्षा गरिएको बताउँदै उहाँले सचेत र सावधान रही अघि बढ्न आग्रह गरे ।

यसैबीच एनआरएनएको ‘कोभिड १९’ उच्चस्तरीय समिति प्रेस संयोजक चिरन शर्माका अनुसार कोभिड—१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । समितिले यो साता बेलायतमा एक जना र युएईमा दुई जनाको ज्यान गएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीको निधन भएको छ ।

हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १७ देशमा रहेका नेपालीको ज्यान गएको हो । हालसम्म विदेशमा रहेका ३४ हजार ७०१ नेपालीमा कोरोना सङ्क्रमण देखिएको र तीाध्ये ३२ हजार ५११ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको एनआरएनएले जनाएको छ । एनआरएनए, नेपाल सरकार, विदेशस्थित कूटनीतिक नियोग एवं दूतावासको सहकार्यमा विदेशमा अलपत्र परेका ५३ हजार ६९९ नेपालीको उद्धार भएको संयोजक शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

बैङ्कक । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले

नेपालमा पढाइन्छ तर जापानमा सिकाउने एभरेष्ट इन्टरनेशनल स्कूल

  नारायण न्यौपाने, टोकियो (जापान) । हामी जापानको राजधानी टोकियोको मध्यसहरमा अवस्थित एभरेष्ट

दोहामा नेपाल दिवस समारोह

  काठमाडौँ । कतारको दोहास्थित नेपाली राजदूतावासले यही मार्च ८ तारिखका दिन नेपाल

नेपाल–जापानबीचको जनस्तरमा सम्बन्ध विस्तारमा नेपाली समाजको उल्लेख्य भूमिकाः राजदूत सुवेदी

टोकियो (जापान) । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली