इथान शाक्यको अध्यक्षतामा अष्ट्रेलियामा जनसम्पर्क समिति गठन



प्रकाश हुमागाईँ । सिड्नी । नेपाली कांग्रेसप्रति आस्था राख्ने प्रजातन्त्रवादीहरुको सिड्नीमा सम्पन्न बृहत् भेलाले इथान शाक्यको अध्यक्षतामा जनसम्पर्क समिति अस्ट्रेलिया (एनएसडब्लु) राज्य समिति गठन गरेको छ ।

सिड्नीको इन्द्रेणी फंग्सन सेन्टरमा सम्पन्न घोषणा सभामा सिड्नी लगायत अस्ट्रेलियाका अन्य राज्यहरुबाट समेत जनसम्पर्क समितिका पदाधिकारी एवं प्रतिनिधिहरुको वाक्लो उपस्थिति रहेको थियो ।

भेलाले समितिको उपाध्यक्षमा रामजी बस्नेत ,महामन्त्रीद्वयमा सूर्य खनाल र निजन चौलागाई, सहमहामन्त्रीमा स्वतन्त्र बस्नेत, कोषाध्यक्षमा सोभितजंग कुँवरलाई चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा अर्जुन गौतम, सागर काफ्ले, श्रीपति तिवारी , कृष्ण पोखरेल,पुष्कर भट्ट, सन्देश राजभण्डारी ,परमानन्द शाह र सुभम सिंह रहेका छन् ।

समितिको सल्लाहकारहरुमा पत्रकार प्रकाश हुमागाई, डा देबेन्द्र सापकोटा ,लक्ष्मण सापकोटा र भुपाल सिटौलालाई चयन गरिएको छ ।
जनसम्पर्क समितिका छिरिंङ लामाको अध्यक्षता सम्पन्न कार्यक्रममा पदाधिकारीहरुले नेपालको सबैभन्दा पुरानो र गौरवशाली पार्टीको अनुयायी हुन पाउनु गर्वको बिषय भएको बताए ।

बिपीको फोटोमा पुप्पगुच्छा अपर्ण गरेर प्रारम्भ गरिएको कार्यक्रममा एनआरएन आइसीसीका केन्द्रीय उपाध्यक्ष मन केसीले निर्वाचित पदाधिकारीहरुलाई बधाइ दिँदै नेपाली कांग्रेसलाई विदेशमा पनि एकताको सुत्रमा बाँध्न यसले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

मुलुक भन्दा सात समुन्द्र पारी कर्मभूमिमा बिचारले जोडिएका प्रजातन्त्रवादीहरुबीच देखिएको असमझदारीलाई आपसी छलफलबाट समाधान गर्न सकिने र फुटेर होइन जुटेर जानु पर्ने अहिलेको परिस्थितिमा यो समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वक्ताहरुले बताए ।

एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मी, एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल, आइसीसी सदस्य अरुण ठाकुर, एनएडीएफका अध्यक्ष विवेक थापा ,एनएडीएफका पूर्व अध्यक्षहरु डिल्लीराम ढकाल ,बालचन्द्र भट्टराइ,महेन्द्र लम्साल ,एनआरएनका पूर्वकोषाध्यक्ष डिला खरेल ,नयाका अध्यक्ष प्रकाश अर्याल ,चितवन समाजका पूर्वअध्यक्ष बुद्धि डल्लाकोटी ,एन आर एन अस्ट्रेलियाका पूर्व उपाध्यक्ष नन्दु गुरुङ लगायतले समितिको कार्यकालको सफलताको कामना गरेका थिए ।

त्यसैगरि भेलामा कार्यक्रममा भाग लिन मेलबर्नबाट आएका जनसम्पर्क समिति भिक्टोरियाका कार्यबाहक अध्यक्ष बिनित शर्मा, काग्रेसी अगुवा सोमप्रसाद गुरुङ ,साउथ अस्ट्रेलियाका अर्जुन लम्साल ,क्यानबेराका अशोक बस्नेत लगायतका वक्ताहरुले बिचारले बाँधेको सस्थालाई व्यक्तिगत स्वार्थमा हिंडाउने प्रयास गर्दा अस्ट्रेलियामा कांग्रेस एकतामा बाँधिन नसकेको खुलासा गरे ।

पूर्वआइसीसी सदस्य दिनेशराज जोशीले संचालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष इथान शाक्यले एनएसडब्लु राज्यमा छरिएर रहेका कांग्रेसीहरुलाई एउटै छाता मुनि ल्याएर संगठनलाई बलियो बनाउने उद्देश्यले सस्थाको जन्म भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका टेकबहादुर तामाङको शव फेला

  लिस्बन (पोर्चुगल) ।  सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई

ओटावामा आयोजित प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

क्यानाडा । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र