राप्रपा सांसद राणालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शम्सेर जबरालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी गराइएको छ ।

सांसद जबरालाई सातदोबाटोबाट पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरासहित जिल्ला प्रहरी परिसरको पत्र प्राप्त भएको उल्लेख गर्दै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ४८ को उपनियम १ को प्रयोजनका लागि सदनलाई जानकारी गराइएको बताए ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी १६औँ एनआरएनए क्षेत्रीय सम्मेलनमा सहभागी हुन यहि चैत १४ माल्टा गएकाले उद्योग मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई दिइएको पत्र प्रधानमन्त्री कार्यालयबाट प्राप्त भएको पनि सभामुख घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङको ‘ध्ये’ खोलामा पुल नहुँदा सास्ती

मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँचवटै वडामा कच्ची सडक विस्तार भइसकेको

फस्टाउँदै बुर्तिबाङको पर्यटन व्यवसाय

गलकोट (बागलुङ) । जिल्लाको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार । व्यापारिक सटर

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

  काठमाडौँ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक

दाउन्नेमा आवागमन बन्द गरेर नारायणगढ–बुटवल सडकको काम गरिने

नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने