राप्रपाको भ्रातृ संगठन प्रजातान्त्रिक युवा संगठनको महाधिवेशन चैतमा हुने



काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको महाधिवेशन चैतमा हुने भएको छ।

संगठनको बुधबार काठमाडौंमा वसेको पदाधिकारी वैठकले आउँदो चैत १६ देखि १८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको संगठनका सदस्य–सचिव निराजन बमले जानकारी दिए ।

पार्टीको हालै सम्पन्न केन्द्रीय कार्यसमितिले महाधिवेशन गर्न बाँकी रहेका भ्रातृ संगठनहरूको महाधिवेशन चैत मसान्तसम्म सक्न निर्देशन दिएको थियो।

पार्टीको निर्णय अनुसार सबै भातृ संगठनहरू महाधिवेशनको आन्तरिक तयारीमा जुटिरहेको र हामिले पनि युवा संगठनको महाधिवेशन समयमा सक्ने गरि आज वसेको बैठकले निर्णय गरेको सदस्य सचिव बमले वताए ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पनि महाधिवेशन गर्न बाँकी रहेका भातृ संगठनको महाधिवेशन समयमै सम्पन्न गर्न निर्देशन दिँदै आएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विधानले निर्दिष्ट गरेको प्रावधानअनुसार महाधिवेशन गर्न हरेक हिसाबले तयार हुँदै गएको संगठनका सदस्य सचिव निराजन बमको भनाइ छ।

अहिलेसम्म ४० जिल्लाको अधिवेशन सम्पन्न भइसकेको, केही जिल्लामा अधिवेशनको मिति टुंगो लागिसकेको र बाँकी जिल्लाको अधिवेशन पनि फागुनको तेस्रो सातासम्म सकिने र चैत पहिलो साता भित्र महाधिवेशन प्रतिनिधिहरुको नामावली समेत जिल्लाबाट पठाउन पत्राचार समेत गर्ने निर्णय भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यादेशका पक्षमा सत्तापक्ष एकभएर उभिने, कुनै बेमेल नभएको जिकिर

काठमाडौं। सरकारले संसद्मा प्रस्तुत छवटै अध्यादेश संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बिहीबार बस्ने

अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन बुझाएपछि मात्र निर्णय हुन्छः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले अध्यादेशको बारेमा पार्टीको औपचारिक निर्णय भइनसकेको बताएको

चियाको भारत निर्यातमा देखिएका समस्या समाधानका लागि पहल गर्छुः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई

टुटेको आशालाई विश्वासमा परिणत गर्न नवीन सोच राख्नुपर्छ

-डा. शोभाकर पराजुली मजबुत लोकतान्त्रिक संस्कृति निर्माण गर्नु भनेको एक जटिल र दीर्घकालीन