प्रधानमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो परम्परागत पहिरनमा सजिएर डम्फु हातमा लिएका तामाङ समुदायका नारीहरूको तस्विरसहित सोनाम ल्होसार मनाउने सवैमा यो पर्वको शुभकामना व्यक्त गरेका छन् ।

‘आज तामाङ समुदायको नयाँ वर्ष , अर्थात् सोनाम ल्होछार ! हाम्रो सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ । यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको एउटा महत्वपूर्ण विधा हो । हाम्रो सुन्दर पर्व सोनाम ल्होछारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना ! ल्हास्सो, फ्याफुल्ला !’ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोर्चा बनाउने प्रक्रियालाई अगाडि बढाउन मधेसकेन्द्रित दलद्वारा कार्यदल गठन

काठमाडौं । मधेसकेन्द्रित आठ दल मोर्चा बनाएर अघि बढ्ने भएका छन् । बिहीबार

सरकारका काम कारबाहीविरुद्ध माओवादी संसदमा सशक्त रुपमा प्रस्तुत हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने

रास्वपाले भन्यो-अभिव्यक्ति स्वतन्त्रता विरोधी कानून अस्वीकार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल सरकारद्वारा राष्ट्रिय सभामा दर्ता गरिएको सामाजिक सञ्जाल

सुशासनका पक्षमा लाग्न र गलत कृयालापविरूद्ध उत्रिन अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई प्रचण्डको आह्वान

काठमाडौँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूको ऊर्जा समाजको अग्रगामी