‘सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छ’



काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी ठगी गर्नेको सम्पत्तिबाटै पीडितलाई पैसा फिर्ता गराउन पहल गर्नुपर्ने बताएका छन् ।

बिपी चिन्तन प्रतिष्ठानले शुक्रबार आयोजना गरेको ‘सहकारी क्षेत्रमा आएका समस्या समाधानका उपाय’ विषयक अन्तरक्रियामा महतले समस्या देखिएका सहकारीका सञ्चालक र तिनका परिवार मोटाउने र बचतकर्ता पीडित हुने, बचत फिर्ता नपाउने अवस्था देखिएकाले सञ्चालक एवं तिनका परिवारका सदस्यको सम्पत्तिबाटै पैसा फिर्ता गरिनुपर्ने बताए ।

सहकारी विकास बोर्डका पूर्व उपाध्यक्ष एवं सहकारी महासङ्घका संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटाले मुलुकको उत्थानका लागि सहकारी वरदान सावित हुने भए पनि दलले यसलाई व्यवस्थित गर्न चुकेकै कारण समस्या आएकाले समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

महासङ्घका पूर्वअध्यक्ष मीनराज कँडेलले ३० हजार सहकारीमध्ये एक सय ५० मा मात्र समस्या आएको भन्दै अरू सहकारीले राम्रो काम गरेको बताए ।

नराम्रो गर्ने थोरै सहकारीका कारण राम्रो काम गर्ने धेरै सहकारीलाई बदनाम हुनबाट बचाउनुपर्नेमा उनको जोड छ । बचतकर्ताको पैसा दुरूपयोग गर्ने सञ्चालकको सम्पत्ति बेचेर भए पनि छिटोभन्दा छिटो पीडितलाई पैसा फिर्ता गरिनुपर्नेमा पूर्वअध्यक्ष कँडेलले पनि ऐक्यबद्धता जनाए ।

सहकारी विभागका पूर्वरजिष्ट्रार महेश्वर शर्माले अहिले केन्द्रीय तहमा बदमासी गर्ने केही सहकारीका बारेमा मात्र प्रचारप्रसार भइरहेको जानकारी गराउँदै जिल्ला जिल्लामा बचतकर्ताको पैसा ठगी गरेका सहकारीका बारेमा आयोग गठन गरेर नै छानबिन गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २

उपलब्धि रक्षाका लागि शान्तिपूर्ण आन्दोलन हुनसक्छः प्रचण्ड

  तुलसीपुर (दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले

आयस्तर सुधार गर्न औद्योगिक क्षेत्र निर्माण गर्नुपर्छ : बर्तौला

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा संसदीय दलका मुख्य सचेतक महेशकुमार

मन्त्रीहरूलाई केही समस्या भए पार्टीमा कुरा राख्न सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको आजको बैठकले संसद्को