गृहमन्त्री र एडीबीका नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाबीच भेटवार्ता



काठमाडौं । गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडीबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र निर्देशक आर्नोबीच भेटवार्ता भएको हो ।

भेटको क्रममा पूर्व-पश्चिम राजमार्गको गड्डाचौकी-कोहलपुर खण्ड स्तरोनन्ती, सुदूरपश्चिमको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकास गर्न थालिएको महाकाली करिडोरको सडक निर्माणमा सहयोग, कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडक स्तरोन्नतिबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, दोधारा चादँनी सुख्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमूना सुख्खा बन्दरगाह निर्माण, सुदूरपश्चिम पालिकामा एडीबीको सहयोगमा बनिरहेका आधुनिक शहरको निर्माणलाई थप निरन्तरता र सुदूरपश्चिमको धार्मिक पर्यटकीय क्षेत्रको पुर्वाधार विकासमा सहयोगका विषयमा सकरात्मक छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदारः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरले एक चीन नीतिको सिद्धान्तलाई दृढतापूर्वक पालना गर्नुका साथै

सधैँभरि एउटा तरिकाबाट हिँडेर गन्तव्यमा पुगिएन भने शैली र तौरतरिका बदल्नु पर्छ: उपमहासचिव ज्ञवाली

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभागका प्रमुख एवं उपमहासचिव प्रदीप

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने फैसला पुनरावलोकनका लागि सर्वोच्चले दियो ‘निस्सा’

काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको

चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस