कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेका लागि बोलाउन सिफारिस



विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेका लागि आह्वान गर्न सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

“आजको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते दिउँसो २ बजे प्रदेशसभाको छैँटौ हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष सिफारिस गर्ने निर्णय गरेको छ”, उनले भने  ।

यस्तै वैठकले प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त भएको भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सरकारको कानुन प्रदेश मामिला समितिमा अध्ययन छलफलका लागि पठाउने निर्णय गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीका आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता

म्याग्दी । नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता

अधिकार लिन पनि र दिन पनि सक्ने प्रदेश चाहिएको हो, अहिले यो अवस्थाको आभाष हुन सकेनः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्थानीय तहलाई बलियो बनाउने प्रदेश चाहिएको

मुद्दाको सफलताको प्रतिशत बढाउने मात्र होइन, पीडितले क्षतिपूर्ति पाउने व्यवस्था पनि गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदन

राजनीतिक स्थायित्वका लागि बलिया राजनीतिक दलहरु निर्माण गर्नेबाटोमा ध्रुवीकरण आवश्यकः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई दशक भन्दा कम समय मात्र