‘ललितपुरलाई व्यवस्थित सहर घोषणा गराउन चाहान्छौँ’



पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई नेपालकै सबैभन्दा सफा र व्यवस्थित सहर घोषणा गराउन चाहेको बताएका छन्‌ ।

स्थानीय व्यापारीहरूको समस्या समाधानको निमित्त ललितपुर तयारी पोसाक व्यापार सङ्घको ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझ्दै आज महानगरप्रमुख महर्जनले आफूहरू शासक नभई जनताको सेवक भएको बताएका हुन्‌ ।

महर्जनले स्थानीय नागरिक र व्यापारीको हितलाई ध्यानमा राखेर सेवा प्रवाह गर्दै ललितपुरलाई सफा, सुन्दर र ‘स्मार्ट सिटी’ बनाउन लागिपर्ने बताए ।

‘स्थानीयवासी र व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्छौँ, तपाईंहरूको मागलाई हामी सम्बोधन गर्छौं, यो ज्ञापनपत्र बोर्ड बैठकमा पेस गर्छौं र कार्यान्वयनमा नीतिगत व्यवस्था गरेर अगाडि बढ्छौँ,’ नगरप्रमुख महर्जनले भने ।

ललितपुर तयारी पोसाक व्यापार सङ्घका संस्थापक अध्यक्ष तथा ललितपुर चेम्बर आफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले पछिल्लो समयमा व्यापार घट्दो अवस्थामा रहेको बताउँदै अव्यवस्थित फुटपाथ बजारलाई हटाइ भाडामा बस्ने व्यवसायीलाई संरक्षण गरिनुपर्ने बताए ।

उनले सटर भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीलाई सहजरूपमा व्यवसाय गरी आम्दानी गरेर कर तिर्ने वातावरण तयार गर्न महानगरलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट

काठमाडौं ।  नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)

रास्वपा नेताहरुविरुद्धको अवहेलना मुद्दामा थप प्रमाण पेश गर्न सर्वोच्चको आदेश

  काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरूद्ध दायर भएको अदालतको

चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने विरोधसँग प्रधानमन्त्री डराउनु पर्दैनः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्माले