एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट



काठमाडौं ।  नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिष्ट पार्टीको टोलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलसँग भेट गरेको छ ।

भियतनाम कम्युनिष्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली हाई बिन नेतृत्वको टोलीले आज एमाले पार्टी कार्यालयमा पुगेर महासचिव पोखरेलसँग भेट गरेको हो ।

भेटमा दुई देशका सरकार, कम्युनिष्ट पार्टी र जनताबीचको सम्बन्धका बारेमा छलफल भएको थियो । महासचिव पोखरेलले भियतनामसँगको सम्बन्धका विभिन्न पाटाको चर्चा गर्दै बुद्ध धर्मले नेपाल र भियतनामलाई सांस्कृतिक रूपमा जोडेको बताए ।

उनले यस सम्बन्धलाई घनिष्ठ बनाउन दुई देशबीच सिधा हवाई सेवा सञ्चालन गर्न पहल हुनुपर्नेमा जोड दिए । साथै भियतनामको आर्थिक विकासबाट नेपालको विकास र समृद्धिको यात्रा अगाडि बढाउन सकारात्मक प्रभाव पर्ने पोखरेलको भनाइ थियो ।

भेटमा लिले नेपालमा कम्युनिष्ट पार्टीले हासिल गरेको सफलताप्रति खुसी प्रकट गरे । उनले दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई सुदृढ बनाउँदै दुवै देश र जनताको आर्थिक समृद्धिका लागि आपसी सहयोग अभिवृद्धि गर्न भियतनाम तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ललितपुरलाई व्यवस्थित सहर घोषणा गराउन चाहान्छौँ’

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलाई नेपालकै सबैभन्दा सफा र व्यवस्थित

रास्वपा नेताहरुविरुद्धको अवहेलना मुद्दामा थप प्रमाण पेश गर्न सर्वोच्चको आदेश

  काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरूद्ध दायर भएको अदालतको

चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने विरोधसँग प्रधानमन्त्री डराउनु पर्दैनः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्माले